सुर्खेतमा पत्रकारहरुको स्वाव संकलन आज पनि जारी

१ जेठ ७७, बिहीबार
Share this
710shares

१ जेष्ठ, सुर्खेत ।
आज दोस्रो दिन पनि सुर्खेतमा सञ्‍चारकर्मीहरुको कोरोना संक्रमणका लागि स्वाब संकलन कार्य जारी रहेको छ।

Advertisement

अहिलेको कोरोना कालमा पत्रकारहरु अग्रपंङ्तिमा गएर रिपोटिङ गर्नु पर्ने भएपछि कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयको सहयोगमा कोरोना संक्रमणको स्वाब संकलन कार्य गरिएको हो। बिहिबार दिउसोसम्म थप २१ जना पत्रकारहरुको कोरोना संक्रमणको स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंक सुर्खेतका उपाध्यक्ष ललित बसेलले बताए।

बुधबार सुर्खेतमा ४३ जना पत्रकारहरुको कोरोना संक्रमणको स्वाब संकलन भएको थियो। यसअघि पत्रकार महासंघ कर्णली प्रदेश समिति र सामाजिक बिकास मन्त्रालयबिच कर्णालीका दश वटै जिल्लामा क्रियाशिल पत्रकारहरुको स्वाब संकलन गर्ने सहमति भएको थियो।

Advertisement

पुर्व सहमति अनुसार पत्रकार पनि जोखिममा रहेको कारण स्वाब संकलन कार्य सुरु भएको हो। बुधबार गरिएको स्वाब संकलनको रिपोर्ट आज आउने भएको छ। अब कर्णाली प्रदेशका अन्य नौ जिल्लामा कायरुत सञ्चारकर्मीहरुको पनि स्वाब संकलन कार्य हुनेछ।

कर्णालीका अरु जिल्लाका पत्रकारहरुको सम्बन्धित जिल्लाको अस्पताल तथा स्वास्थ्य संस्थामा परिक्षणको ब्यबस्था गर्न लागिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top