सशस्त्र प्रहरी बलका जवानलाई कोरोना संक्रमण

३१ बैशाख ७७, बिहीबार

१ जेष्ठ, काठमाडौं ।
बिहीबार काठमाडौंमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका व्यक्ति सशस्त्र प्रहरी बलका जवान रहेको खुलेको छ।

उनी चन्द्रागिरि–१२ बलम्बुस्थित सशस्त्र क्याम्पमा कार्यरत छन्। यसअघि बुधबार चन्द्रागिरि–९ मा भेटिएकी कोरोना संक्रमित महिलासँगै उनी पनि काठमाडौं आएका थिए।
ती दुईसहित आठ जना गत वैशाख २९ गते कञ्चनपुरबाट प्राइभेट गाडीमा काठमाडौं आएका थिए।

तीमध्ये अहिलेसम्म दुई जनामा कोरोना पुष्टि भएको छ’, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले भने, अरूको भने जाँच गर्न बाँकी छ।’ ३२ वर्षीय ती जवान आए लगत्तै सेल्फ क्वारेन्टाइनमा बसेका थिए।

Advertisement

उनको अहिले सशस्त्र प्रहरी अस्पताल बलम्बुको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top