विराटनगरबाट थप एक जना काेराेना संक्रमित डिस्चार्ज

१ जेठ ७७, बिहीबार

१ जेठ, विराटनगर ।
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

Advertisement

डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाईनमा राखीएको छ ।

सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट कोरोना जितेर घर फर्किनेको संख्या १७ पुगेको छ । प्रदेश १ मा ३५ जनामा संक्रमण देखिएको थियो । यसअघि १६ जना डिस्चार्ज भएका थिए । उपचाररत १८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top