नेपालमा अहिलेसम्म २ सय ४९ जना कोरोना संक्रमित

२ जेष्ठ, काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या २ सय ४९ पुगेको छ ।

Advertisement

बिहीबार साँझ थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएपछि संक्रमित २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौं, चन्द्रागिरि नगरपालिका दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

बिहीबार दिउँसो मात्र टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकासहित तीन जनामा संक्रमण पुष्टि भएको थियो ।

जसमा दुईजना काठमाडौंको चन्द्रागिरि नगरपालिकाका र अर्का नवलपरासीको देवचुली नगरपालिकाका हुन् । ३६ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top