नेपालमा कोरोना संक्रमित २ सय ९१ पुग्यो

४ जेष्ठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

Advertisement

आइतबार थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमित संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

दशै जना संक्रमित पुरुष हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंले गरेको परीक्षणमा उनीहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमितमध्ये ७ जना रौतहटका हुन् । सवै संक्रमित १८ देखि ४८ वर्ष उमेर समुहका छन् ।

मन्त्रालयले सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको बताएको छ । कोरोनाबाट मुलुकमा शनिबार पहिलोपटक २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top