कोरोना संक्रमितको उपचारका लागि संचालन हुँदैछ गण्डक अस्पताल

३ जेठ ७७, आइतबार

४ जेष्ठ, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकामा रहेको गण्डक अस्पतालमा पनि कोरोना संक्रमितहरुको उपचार हुने भएको छ।

Advertisement

महानगरपालिकाले गरेको सम्झौता अनुसार गण्डक अस्पताल नारायणी अस्पतालको अंग रहने गरी कोरोना विशेष अस्थायी अस्पतालको रुपमा संचालन हुने भएको हो।कोरोना विशेष अस्थायी अस्पताल संचालन गर्न वीरगंज महानगरपालिका मेयर विजय सरावगीले शनिबार नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायलाई अस्पताल हस्तान्तरण समेत गरेका छन्।

गण्डक अस्पतालालई अस्थायी कोरोना अस्पतालको रुपमा हस्तान्तरण गरिएसँगै अस्पतालमा थप सिसिटिभी क्यामरा जडान गरी आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरिएको महानगरपालिकाका मेयर सरावगीले बताए।

Advertisement

कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनको लागि आफ्नो अस्पताल निःशुल्क रुपमा उपलब्ध गराउने गण्डक अस्पतालका संचालक रहवर अन्सारीप्रति मेयर सरावगीले आभार ब्यक्त गरे। कारोना विशेष अस्थायी अस्पतालको लागि गण्डक अस्पतालमा ७० बेडको व्यवस्था गरिनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top