×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

सरकारलाई कोरोनाले पुर्याएको क्षतिको “ज्ञान” नै भएनः देउवा

४ जेष्ठ २०७७

४ जेष्ठ, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोभिड १९ ले पुर्याएको क्षति र भविश्यमा पार्न सक्ने असरको आकलन गर्न नसकेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक बर्ष २०७७÷७८ का लागि सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले कोरोनाले पुर्याएको क्षतिको “ज्ञान” नै नभएको टिप्पणी गरेका हुन् ।

Advertisement
Advertisement

उनले सरकार जनताको दुखप्रति संवदेनशीलन नभएको तथा उनीहरुको पीडा बुझ्न सक्ने हृदय नै नभएको दाबी गरे । उनले भने “सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञानै छैन । सरकारलाई जनताको दुखप्रति कुनै संवेदना छैन । जनताको पीडा बुझ्न सक्ने कुनै हृदय छैन ।

सरकारसंग यो अप्ठ्यारो बेलामा भविश्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन । ” उनले महामारीको समयमा जनताले सरकार भएको अनुभूति गर्न नसकेको तथा महामारीको नियन्त्रणको तयारी गर्न सरकार पुर्ण रुपमा चुकेको दाबी गरे । उनले भने “एक बर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुबर्षिय योजनाको कोरा कल्पना देखिन्छ ।

एक बर्षको नीति तथा कार्यक्रममा १० बर्षको योजना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा जगाउन पुर्ण असफल भएको छ । यो सरकार महामारी नियन्त्रण गर्न व्यापक तयारी गर्न पुर्णरुपले चुकेको छ । ”

नेपालमा पहिलो संक्रमित व्यक्ति भेटिएको ४ महिना पुग्दै गर्दा, लकडाउनको पनि ५५ दिन पुग्दै गर्दा परीक्षण बढाउन नसकिएको, स्वास्थ्य उपकरण लगायतका आवश्यक सामाग्रीको उपलब्धताको प्रत्याभुति नहुनु, अस्पतालमा भ्यान्टीलेटर लगायतका आवश्यक उपकरण नहुनु, कोरोना प्रभावितबाट मर्कामा परेकालाई उचित राहतको व्यवस्था नुहुनु, सिमा बाहिर रहेका नेपालीहरुलाई सुरक्षित घरमा पुर्याउने कुनै योजना नभएकाले जनताले सरकार भएको अनुभति गर्न नसकेको तर्क उनले गरे ।

“लक डाउनको यो अवधिमा सरकारले के तयारी गर्यो ?” भनी उनले प्रश्न गरे । उनले स्वास्थ्य सामाग्रीको प्रबन्ध गर्न, पिसिआर परीक्षणको दायरा बढाउन, मर्कामा परेकालाई राहत दिन र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काएर क्वारेन्टाईनमा व्यवस्थित रुपले राखेर घर पुर्याउने व्यवस्था मिलाउन माग गरे ।

उनले खाडी मुलुक लगायत विभिन्न मुलुकमा रहेका नेपालीलाई व्यवस्थित रुपमा स्वदेश फर्काई सरकारको कर्तव्य पुरा गर्न पनि उनले आग्रह गरे । उनले कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दीर्घकालिन समाधानका उचि उपाय खोजी गर्न र बहुआयामिक प्रभाव सम्बोधन तर्फ गम्भीर बन्न सरकारलाई सुझाए ।

उनले भने “अहिलेको महामारीले पार्ने बहुआयामिक प्रभावबारे नीति तथा कार्यक्रमले बोल्न सकेको छैन र नेपाली समाजमा कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दीर्घकालिन समाधानका उचित उपायको खोजी गर्न सकेको छैन ।

म सरकारलाई बजेट बनाउदा यी सबै विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्माण गर्न सुझाव दिन्छु । ” अत्यावश्यक सामाग्री औषधी समेतमा भ्रष्टाचार गरिएको भने प्रश्न उठ्दा छानविन गर्नुको सट्टा प्रधानमन्त्री आफैले भ्रष्टाचारजन्य घटनाको बचाउ गर्दै उन्मुक्ति दिने जस्ता घटनाले शुसासन र सदाचारको विषयमा सरकार पुर्ण रुपमा असफल भएको पुष्टि हुन्छ ।

नीति तथा कार्यक्रममा सरकारले आफ्नो प्रसंम्सा गरेको, निकै काम गरेको दाबी गरिएको भन्दै उनले प्रधानमन्त्रीले दुई बर्षका नीति तथा कार्यक्रम पुन एकपटक पढ्न प्रधानमन्त्रीलाई आग्रह गरे । दुई बर्षको नीति तथा कार्यक्रममा उल्लेखित गरिएका योजना पुरा नभएको तथा कतिपय योजना दोहोर्याईएको भन्दै उनले वर्तमान सरकारले समस्यालाई ठिक संगले हेर्न नसकेको दाबी गरे।

महामारी संगै सरकारले अबलम्बन गरेको लकडाउने उत्पन्न गराएको समस्याको समाधान तर्फ सरकारको नीति तथा कार्यक्रम उन्मुख नभएको टिप्पणी गरे । उनले भने “पुराना योजना पनि दोहोर्याउने र महामारी नियन्त्रणका लागि पनि खर्च गर्ने हो भने ती सबैका लागि स्रोत कहाँबाट आउछ ?”

उनले कृषि तथा पशुपालन, मत्स्यपालन व्यवसाय लगायतमा परेको असरलाई सम्बोधन गर्ने, उद्योगीलाई राहत दिने, रोजगारी श्रृजना गर्ने तथा स्रोत परिचालन लगायतका विषयलाई सरकारले प्राथमिकतामा राख्न नसकेको बताए । सरकारसंग निर्यात बढाउने विश्वसनिय र नया योजना नभएको भन्दै उनले सरकारले संचालन गरेका रोजगारका योजनाहरुको गुणस्तर र स्रोत परिचालनको तरिकामा गम्भीर प्रश्न उठेको बताउनुभयो ।

सबै भन्दा बढी राहत आवश्यक रहेको पर्यटन क्षेत्रलाई पुराना सामान्य किसिमका विषयको पुनराबृत्ति बाहेक कुनै नविन सोच र योजना नभएको पनि उनले उल्लेख गरे । प्रधानमन्त्रीले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई मुलुकमा अस्थिरता फैलाएको आरोप लगाउनु दुखद एवं प्रेसको स्वतन्त्र भूमिकालाई कुण्ठित गर्ने नियत देखिएको उनले उल्लेख गरे ।

सिमाबारे के भने देउवाले ?

उनले नेपाली भूमि अतिक्रमण खास गरि लिम्पियाधुरा, लिपुलेक र कालापानी बारे नीति तथा कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक घए पनि अपुर्ण भएको टिप्पणी गरे ।

Advertisement

उनले दुई छिमेकी मुलुकबीच भएको सहमतिको नेपाली कांग्रेसले तात्कालिन समयमा नै विरोध गरेको र भारतलाई प्रोटेस्ट नोट पठाएको स्मरण गर्दे उनले नेपाली भूमिमा बनाईएको सडक बारे चीनसंग पनि उच्चस्तरमा सार्थक र परिणाममुखी वार्ता गरि समस्या समाधान खोज्न आग्रह गरे ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top