×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026

नीति तथा कार्यक्रममा नारायणकाजी नै सन्तुष्ट देखिएनन्

४ जेष्ठ २०७७

४ जेष्ठ, काठमाडौं ।
सत्तारुढ दलका सांसदहरुले सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि बजेटमार्फत विशेष व्यवस्था हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रियसभामा आइतबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तारुढ दलका सांसदहरुले नीतिहरु प्रशंसायोग्य भएपनि कार्यान्वयनकालागि बजेटको व्यवस्था हुनुपर्ने बताएका छन् ।

Advertisement
Advertisement

सांसद नारायणकाजी श्रेष्ठले नीति तथा कार्यक्रमहरु ठोस रुपमा प्राथमिकताका साथ नआएपनि बजेट मार्फत सम्बोधन हुने विश्वास व्यक्त गरे । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा श्रेष्ठले कोभिड—१९ को निराकरण, नियन्त्रण र उपचार प्रथामिकताको वर्षका रुपमा अगाडी बढ्ने ठोस नीति नआएको बताए ।

विपद व्यवस्थान, विदेशमा रहेका नेपालीहरुको समस्या समाधानको विषयमा पनि नीति तथा कार्यक्रममा ठोस कुराहरु उल्लेख नभएको भन्दै उनले बजेट मार्फत सम्बोधन हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘‘कोभिड—१९ नियन्त्रण, निराकण र उपचार प्राथमिकताको वर्ष हो भनेर अगाडी बढ्नुपर्छ । विपद व्यवस्थापनका कुराहरुलाई संगै लगेर अगाडी जानुपर्ने कुराहरु आएका छैनन् शायद छुटेको हुनुपर्छ ।

विदेशमा रहेका नेपालीहरुको विषयमा केही समस्याहरु देखा परेका छन् । कतिपय मुलुकमा असुरक्षाको अनुभूति भएको कुराहरु आएका छन् । सरकारले यस्तो अवस्था आएमा नेपालीहरुको यो समस्याको समाधन गर्न देशभित्र ल्याउन पनि छलफल केन्द्रीत गर्ने छ भन्ने विश्वास लिन चाहान्छु ।’’

अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउने र मान्छेलाई बचाउने कुरामा सकारको ध्यान कम गएको उनले बताए । यसका लागि विशेष राहत प्याकेजको आवश्यकता रहेकाले बजेट मार्फत आउनेमा आफु विश्वस्त रहेको उनले बताए ।

उनले भने, ‘जो भोकै छन् तीनलाई बचाउन । ध्वस्त भएको पर्यटन बनाउनका लागि निश्चित रुपमा राहत प्याकेज लिएर जानुपर्छ ।’  सानहरुको रक्षा, सबै खाली जमिनहरुको प्रयोग गर्ने नीति, समयमै, मलखादको व्यवस्थापन, सिँचाईको व्यवस्था, सित भण्डार, सहकारीलाई प्रोत्साहित गर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

श्रेष्ठले आजको सन्दर्भलाई ध्यानदिँदै आवश्यक पूर्ति गर्ने गरी नीति तथा कार्यक्रम आएको पनि बताए । अहिलेको परिस्थिति र आधारभूत आवश्यकता कुराहरुलाई ध्यान दिँदै नीति तथा कार्यक्रम आएको उनले बताए ।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता स्वाभिमान र हितलाई केन्द्रमा राखेर अगाडी बढ्ने प्रतिवद्धता जोडदार रुपमा प्रस्तुत गरिएको उनले बताए । लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत नेपालको अतिक्रमित भूमिलाई प्राप्त गर्न ठोस पहलकदम सरकारले लिएको उनले बताए ।

श्रेष्ठले कोभिड—१९ को महामारीलाई केन्द्रमा राखि सचेतना बढाउने, व्यापक परीक्षणको दायरा बढाउने कुराहरु नीति तथा कार्यक्रममा आएको उल्लेख गर्दै मानविय क्षति हुन नदिन, रोकथाम नियन्त्रण र उपचारका काम अगाडी बढाउन पनि सरकारलाई अपिल गरे ।

सरकारले आर्थिक कृयाकलाप, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सिर्जनाका लागि उत्पादनका क्षेत्र बढाउने, विकास निर्माण र सामाजिक जनजीवनमा थप गति हुन नदिने गरी राष्ट्रिय पूँजी परिचलनको नीति लिएको बताए ।

सांसद वेदुराम भूसालले सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिप्रति प्रतिवद्ध रहेको बताए । कृषि, रोजगारी सिर्जना र जनताको स्वास्थ्यमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम आएको उनले बताए ।

सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सधै प्रश्न उठ्ने गरेको भन्दै उनले आगामी बजेटबाट कार्यान्वयनका लागि सरकारले व्यवस्था गर्ने विश्वास व्यक्त गरे ।

शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा सरकारले महत्वपूर्ण नीतिहरु अघि सारेको उल्लेख गर्दै भूसालले त्यसको कार्यान्वयनका लागि आगामी बजेटमा विशेष योजना ल्याउनु पर्ने बताए ।

Advertisement

सांस्कृतिक क्षेत्रको विकासका कुराहरु पनि नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए ।  राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top