×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

नीति तथा कार्यक्रम छलफलमा फेरी उठ्यो गाँजाको कुरा

५ जेष्ठ २०७७

५ जेष्ठ, काठमाडौं ।
प्रतिनिधिसभाका सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिएका छन् ।

सोमबार नीति तथा कार्यक्रमको छलफलमाथि भागलिँदै प्रतिपक्षी दलका सांसदहरुले जन अपेक्षाअनुसार नीति तथा कार्यक्रम नआएको बताएका छन् । समाजवादी पार्टीकी सांसद रेणु कुमारी यादवले कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव सरकारले उठाउन नसकेको भन्दै आलोचना गरिन् ।

Advertisement
Advertisement

नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले नेताहरुले ठूला कुरा गरेपनि कोरोना महामारीको संकटसँग जुट्ने हिम्मत नगरेको बताइन् । उनले भनिन, ‘‘कोरोनाबाट मृत्यु भएकी महिलाको लास उठाउन पनि सरकारले हिम्मत देखाएन् । स्वयमसेवकले लास उठाएर पशुपति घाँटमा पु¥याए ।

यहाँ ठूल्ठूलो कुरा गरिरहेका छन् । हाम्रो सरकारले सारा तयारी गरेको छ भनिरहेका छन् । अहिले मधेशमा क्वारेन्टाइन छैन् । मरेपछि कोरोना पुष्टि हुने एकमात्र देश नेपालहो । विश्वको इतिहासमा एक नम्बर नेपालहो ।’’ प्रतिपक्षीदल कांग्रेसका सांसद प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षाका लागि खटिनुपर्ने नेपाली सेना सडकमा खटिएर जनतालाई अपमानित गरिरहेको बताए ।

उनले भने, ‘‘सरकारले के गर्न खोजेको ? राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने सेनालाई किन? शान्ति सुरक्षामा त प्रहरीलाई लगाउनुपर्ने हो नि । किन यस्तो भइरहेको छ । जनतलाई किन अपमानित गरिरहेको छ । सरकारको नियत के हो ?भन्ने कुराबाट हामी सजग हुनुपर्छ ।’’

सुगौली सन्धीअनुसार सम्पूर्ण भूमि समेटेर नेपालको नयाँ नक्सा छिटो जारी गर्नुपर्ने उनले बताए । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीलाई सत्तारुढ दलले आफ्नो आन्तरिक विवादको विषय बनाएको बताए । आन्तरिक विवादको विषय नबनाएर यसलाई संसदमा पेश गरी थहन छलफल गर्नुपर्ने उनले बताए ।

उनले अबको बजेट रोग र भोकबाट जनतलाई जोगाउनमा केन्द्रीत हुनुपर्ने बताए । उनले मजदुर, श्रमिक र विपन्न किसानहरुलाई एक महिनाको ५ हजारका दरले तीन महिनासम्मको १५ हजार रुपैयाँ दिनुपर्ने बताए । छिटो प्रतिफल दिनेगरी योजनाहरु सम्पन्न गर्न सरकारको ध्यान केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या कुटनीति पहलबाट समामाधान गर्नुपर्ने र सो कुरा संसदमा जानकारी गराउनुपर्ने उनले बताए ।

राष्ट्रिय जनता पार्टी राजापाका सांसद शरदसिंह भण्डारीले महामारी रोकथाम भन्दापनि नयाँ रेकर्ड कायम गर्ने भूत सरकारमा सवार भएको बताए । नीति तथा कार्यक्रममा महामारी रोकथाम, नियन्त्रण र यसबाट प्रभावित क्षेत्रहरुका विषयमा आउनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए ।

Advertisement

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई कृषिसँग जोड्न सके आर्थिक उपार्जनको बाटो खुलाहुने बताए । स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै कृषिलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top