लकडाउनका कारण पुष्प व्यवसायमा दैनिक करोड घाटा

५ जेष्ठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपछि पुष्प व्यवसाय पनि प्रभावित भएको छ ।

बजार पूर्ण रुपमाबन्द छ । कुनैपनि औपचारिक कार्यक्रमहरु भएका छैनन् । जसले गर्दा फुलको माग शुन्य छ । फुलको माग नै नभए पछि अहिले यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको अवधि झण्डै दुई महिना पुगेको छ । लामो समय लकडाउन हुँदा उद्योग व्यवसाय ठप्प छन् ।

Advertisement

पर्यटन क्षेत्र, उत्पादन क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र सबै बन्द छन् । कृषिमा पनि पुष्प व्यवसायमा सबैभन्दा धेरै असर परेको छ । दुई महिना यता फुलविक्री नभएको पुष्प व्यवसायीहरु बताउँछन् ।

बजारमा फुलको माग नै नभएपछि दैनिक १ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भइराखेको फ्ल्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनले कोरोना भाइरसको असर देखिन थाले देखि नै औपचारिक कार्यक्रम नभएको र सरकारले कुनैपनि कार्यक्रम नगर्न भनेपछि गत फागुन महिनादेखि नै फुलको माग घटेको बताए ।

Advertisement

भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरी यस वर्ष फुलको उत्पादन बढाउन लगानी वृद्धि भएको थियो । फुलको उत्पादन पनि बढेको छ । तर बजार नहुँदा सबै उत्पादन खेर गइरहेको छ । अध्यक्ष कसजुले तीन महिनाको उत्पादन पूर्ण रुपमा क्षति भएको बताए ।

६ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी रहेको यस क्षेत्रमा बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु धेरै छन् । अध्यक्ष कसजुले व्यवसाय नै ठप्प भएपछि बैंकले समेत सहयोग गर्नुपर्ने बताए । उनले ऋण उठाउने समय अवधिलाई एक वर्ष थप्नु पर्ने, व्यवसायलाई बचाउनका लागि पुर्नकर्जाको व्यवस्था हुनुपर्ने बताए ।

सरकारले पनि तत्कालिन रुपमा व्यवसायलाई पुनः सुचारु गर्न राहत दिनुपर्ने र दिर्घकालिन रुपमापनि संकट आउन नदिन सहयोग गर्नुपर्ने अध्यक्ष कसजुले बताए ।

यस्तै लकडाउन लम्बिदै गएपछि नर्सरीमा काम गर्ने श्रमिकहरु पनि बेरोजगार बनेका छन् । तरपनि पुष्प व्यवसायीहरुले आफ्नो दायित्व भने पुरा गरेका छन् । नर्सरीको सम्पर्कमा रहेका सबै श्रमिकहरुलाई समयमै तलब दिने व्यवस्था मिलाइएको अध्यक्षकसजुले बताए । उनले फ्ल्लोरिकल्चर एसोसिएसनमा आवद्ध भएका सबै नर्सरीहरुले समयमै तलब दिएको र कसैले दिन नसक्ने अवस्था भए संघको पहलमा राहतको व्यवस्था मिलाइएको बताए ।

पुष्प व्यवसायमा पनि कट फ्लावर व्यवसायमा सत प्रतिशत क्षति भएको व्यवसायीहरु बताउँछन् ।विक्रीकालागि तयार भएको कट फ्लावरले बजार पाउन नसक्दा पूर्ण रुपमा नष्ट भएको छ । देशभर ४३ जिल्लामा १ हजार भन्दा बढी पुष्प व्यवसायीहरु रहेका छन ।

फ्लोरिकल्चर एसोसिएसन नेपालमा ७ सय बढी व्यवसायी आवद्ध छन् । त्यस्तै देशभर प्रत्यक्ष अप्रत्यक्ष रुपमा ४३ हजार भन्दा बढीले रोजगारी पाएका छन् । पुष्प व्यवसायमा देशभर ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको व्यवसायीहरु बताउँछन् ।

लकडाउनका कारण बजार बन्द भएपछि फुलको माग घटेको छ र यसबाट व्यवसायीहरुलाई करोडौं नोक्सानी भएको छ । लकडाउन अझै बढ्दै जाँदा यस्तो नोक्सानी अर्बौ रुपैयाँ सम्म पुग्ने व्यवसायीहरु बताउँछन् । लकडाउन खुलेपछि व्यवसायलाई फेरी सुचारु गर्न अभाव हुने पूँजीको व्यवस्थापनामा सरकारले सहयोग गर्ने अपेक्षामा व्यवसायीहरु छन् ।

 

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top