आउँदा दिन नेपालका लागि थप चुनौतीपूर्ण हुने

५ जेठ ७७, मंगलबार

६ जेष्ठ, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आउँदा दिन नेपालका लागि थप चुनौतीपूर्ण हुन सक्ने बताएका छन्।

Advertisement

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विश्व स्वास्थ्य महासभामा भिडिओबाट सम्बोधन गर्दै मन्त्री ढकालले कोरोनाभाइरस महामारीको सुरूवातदेखि नै उच्च राजनैतिक प्रतिवद्धताका साथ बहुपक्षीय संयन्त्रमार्फत यस विपदको प्रतिकार्य गर्दै आएको बताए।

नेपालमा संघीय प्रणाली संस्थागत हुँदै गैरहेको अवस्थामा कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय छन्,’ ढकालले भने, कोभिड– १९ बाट हालसम्म नेपालमा दुई जनाको ज्यान गएको छ भने संक्रमितको संख्या केही दिनयता बढ्दो क्रममा रहेको छ।

Advertisement

आउँदा दिनहरू हाम्रा लागि थप चुनौतीपुर्ण हुन सक्दछन्।’ यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको मन्त्री ढकालको भनाइ छ।

ढकालले कोभिड–१९ नियन्त्रणमा विश्व स्वास्थ्य संगठनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूको भूमिका सराहना गरे। विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टि भएको छ।

Advertisement

सर्वव्यापी स्वास्थ्य सुरक्षाको लागि सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नु पर्ने आजको आवश्यकता भएको विषय पनि उठाउन चाहन्छु ,’ ढकालले भने। उनले कोरोनाविरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै महामारीका चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्न विश्व समुदायलाई अनुरोध गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top