कोरोना कहरमा स्वास्थ्यमन्त्री ढकालले विश्व स्वास्थ्य महासभामा के बोले ?

६ जेठ ७७, बुधबार

७३ औं विश्व स्वास्थ्य महासभामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सम्बोधन :

सभाअध्यक्ष महोदय तथा उपस्थित सम्पुर्ण विशिष्ठ महानुभावहरू, हार्दिक नमस्कार !
कोभिड को विश्वव्यापी महामारीका सन्दर्भमा हामी निकै कठिन घडीबाट गुज्रीरहेका छौं, जहाँ धेरै जोखिम र अनिश्चितताहरू छन् । म लगायत मेरो देशका तर्फबाट विश्वभरी महामारी विरूद्ध अंग्रपंक्तिमा रही निरन्तर खटीरहेका सम्पुर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मानका साथ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कोभिड लगायत यस्ता संक्रामक रोगहरूको कुनै सीमाना हुदैन र यसले कुनै रंग, समुह र वर्ग बीच विभेद गर्दैन ।त्यसैले सबैको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो ।

नेपालले महामारीको सुरूवात देखि नै उच्च राजनैतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्र मार्फत यस विपदको प्रतिकार्य गर्दै आएको छ । नेपालमा संघीय प्रणाली संस्थागत हुदै गैरहेको अवस्थामा कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय छन्। कोभिड बाट हाल सम्म नेपालमा दुइ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या केही दिन यता बढ्दो क्रममा रहेको छ ।

Advertisement

आउदा दिनहरू हाम्रा लागि थप चुनौतीपुर्ण हुन सक्दछन् । स्वास्थ्य विकासको एक प्रमुख आधार हो । निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको छ । यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ ।

त्यसैले हाम्रा समग्र प्रयासहरूलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु । कोभिड नियन्त्रणमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सरोकारवाला निकायहरूको भूमिका सराहनीय छ। विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टी भएको छ । सर्वव्यापी स्वास्थ्य सुरक्षाको लागिसदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नु पर्ने आजको आवश्यकता भएको विषय पनि उठाउन चाहन्छु । कोरोना विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउदै महामारीका चुनौतीहरूलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदाय समक्ष म अनुरोध गर्न चाहन्छु। अन्तमा, विभिन्न प्रतिकुलताका वावजुद पनि उपलब्ध प्रविधिको प्रयोग गरी संचालित यसविश्व स्वास्थ्य महासभाको पूर्ण सफलताको कामना गर्दछु।
धन्यवाद ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top