रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ

७ जेष्ठ, रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा उपचाररत मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

Advertisement

रोल्पा अस्पतालका अनुसार लामो समयदेखि मृगौला रोगबाट पीडित रोल्पा नगरपालिका १ सानो लिबाङका एक युवाको सोमबार मृत्यु भएको थियो ।

२२ वर्षीय युवक काठमाडौंको त्रिवि शिक्षण अस्पतालबाट मृगौलाको डाइलासिस गराएर घर फर्किएको पारिवारिक स्रोतले जनाएको छ ।

Advertisement

जिल्लाकै अस्पतालमा हेरचाह र उपचार सहज होस् भनेर परिवारले युवकलाई घर नलगेर अस्पताल लगेका थिए । आईसोलेसनमै रहेका बेला युवकको मृत्यु भएको थियो ।

हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकोमा १९ जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । जिल्लामा अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top