काठमाडौं उपत्यकामा खटिएका दुई नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि

७ जेष्ठ, काठमाडौं । उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ ।

Advertisement

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई आज कोरोना देखिएको हो ।

२ दिनअघि कोरोना परीक्षणका लागि दिएका स्वबमा २ जनामा कोरोना पोजिटिभ देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

Advertisement

यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । आज थप २ जनाका कोरोना देखिएसँगै प्रहरीका ५ जना कोरोना संक्रमित भएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top