गुल्मीमा संक्रमितको मृत्यु भएको समाचारको मन्त्रालयले गर्याे खण्डन

६ जेठ ७७, बुधबार

७ जेठ, काठमाडौँ ।
रुपन्देहीको नयाँमिलमा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मिका कोरोना संक्रमितको मृत्यु भएको समाचार स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ । अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको भनि विभिन्न सञ्चार माध्यम र समाकाजिक सञ्जालमा आएको समाचार मन्त्रालयले खण्डन गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए । यो भन्दा पहिले पनि सञ्चारमाध्यमहरुमा विभिन्न कुराहरु आएको उल्लेख गर्दै उनले संवेदनशिल घडीमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न पनि आग्रह गरे । उनले भने, ‘‘क्रिमसन अस्पतालमा उपचारको क्रममा रहेका व्यक्ति भेन्टिलेटरमा रहनुभएको छ । स्वास्थ्य अवस्था गम्भिर रहेको छ । यो भन्दा अगाडी पनि विभन्न सञ्चार माध्यममा विभिन्न कुरा आएका थिए । यस्ता समाचार प्रकाशन र प्रसारण गर्दा आधिकारिक सूचना प्रकाशन भएपछि मात्र गर्न आग्रह गर्दछु । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’’

मन्त्रालयले स्वइच्छाले पीसीआर परीक्षण गराउन चाहानेहरुका लागि अहिलेसम्म शूल्क निर्धारण नभएको जनाएको छ । सरकारी तथा सामुदायिक अस्पतालले तोकिएको दररेटमा परीक्षण गराउन पाउने नीतिगत निर्णय अहिलेसम्म शूल्क निर्धारण नभएको प्रवक्ता डा. देवकोटो बताए । संक्रमितको संख्या बढिरहेका कारण पीसीआर परीक्षणको दायरा बढाउन यस्तो निर्णय गरिएको उनले बताए ।

Advertisement

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top