चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

६ जेठ ७७, बुधबार

७ जेठ, काठमाडौँ ।

नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अम्पुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना भएको जनाएको छ ।

चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभावले आज देशभर सामान्य बदली रही पूर्वी भूभागका धेरैजसो स्थानहरु, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

Advertisement

शुरुमा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो । यस चक्रवातको नाम अम्पुन नामाङ्कन गरिएको छ । उक्त चक्रवात शुरुमा उत्तर–उत्तरपश्चिम दिशातर्फबाट अगाडि बढ्दै गरेकामा पछि उत्तर–उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ ।

यो चक्रवात अझ शक्तिशाली बन्दै भारतको पश्चिम बङ्गाल/बङ्गलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको छ । मौसमविद् कँडेलका अनुसार नेपालमा अम्पुन चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्वी र मध्य क्षेत्रको मौसम आगामी तीन/चार दिन प्रभावित हुनेछ ।

हाल देशको सुदूरपश्चिम र प्रदेश नं ५ को तराईका भूभागबाहेक अन्य सबै स्थानमा सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशको पूर्वी भूभागमा पूर्ण बदली तथा मध्य भूभागमा आंशिक बदली रही पूर्वी भूभागका धेरै स्थानमा तथा मध्य भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशको मध्य तथा पूर्वी भूभागमा पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भइ मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशको पूर्वी भूभागलगायत मध्य र पश्चिमी पहाडी भूभागमा सामान्यतया बदली रही पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव चार डिग्री र अधिकतम तापक्रम २९ दशमलव छ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव तीन डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३९ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top