भारतमा सोमबारबाट आन्तरिक उडान खुल्ने

७ जेठ, काठमाडौं ।
भारतमा २५ मेबाट आन्तरिक उडान खुला गर्ने घोषणा गरेको छ । लकडाउनलाई केही खुकुलो बनाईएको भारतमा आउँदो मे २५ बाट आन्तरिक उडान खुला हुने भएको हो ।

भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मेबाट हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्री पुरीका अनुसार भारतले हवाई उडानका दौरान पालना गर्नुपर्ने निर्देशिका भने सरकारले जारी गर्ने भएको छ । भारत संसारको ठूलो एभिएसन उद्योगमध्ये एक हो ।

भारतमा नागरिक उड्डयन प्राधिकरणले भने यात्रुका लागि सुरक्षा निर्देशका जारी गरिसकेको छ । जसअनुसार अब यात्रुले विमानस्थलमा आएर बोर्डिङ पास लिइरहनु नपर्ने भएको छ । हवाई यात्रुका लागि एक एप्स बनाइएको छ । सोही एप्सबाट बोर्डिङ पास लिन सकिने भएको छ । वेवचेकइन गरी प्राप्त हुने बोर्डिङ पासलाई आफैले प्रिन्ट गरेर सोही पास बोकेर विमानस्थल जानुपर्ने छ । यात्रुले मास्क तथा अन्य सुरक्षात्मक सामग्री अनिवार्य लगाउनु पर्ने भएको छ ।

Advertisement

यात्रुले अब विमानस्थलमा कम्तिमा ४ फिटको दूरी कायम गर्नुपर्छ । त्यस्तै हरेक यात्रुले ३५० एमएल क्षमताको स्यानिटाइजर बोटलसमेत साथमा राख्नु पर्ने भएको छ । भारतमा ३१ मेसम्म लकडाउन बढाइए पनि शर्तसहित आन्तरिक उडान सुरु हुने भएको हो । राजधानी नयाँ दिल्लीसहित कतिपय शहरमा शर्तसहित लकडाउन खुकुलो भएको छ । यहाँ सार्वजनिक यातायात समेत संचालनमा आइसकेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top