गौरीफन्टा नाकाबाट भारतमा अलपत्र नेपालीलाई स्वास्थ्य परीक्षण नगरी स्वदेश भित्र्याइयो

८ जेष्ठ, कैलाली । गौरीफन्टा नाकाबाट भारतको विभिन्न ठाँउबाट अलपत्र परेर सिमामा आइपुगेका नेपालीलाई स्वास्थ्य परीक्षण नगरी स्वदेश भित्र्याइएको छ ।

Advertisement

हिजो मात्रै ८ सय ५८ नेपालीलाई त्यहाँबाट उद्धार गरिएको हो । उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएको छैन ।

सम्बन्धित स्थानीय तहले नै स्वास्थ्य परीक्षण गर्न र त्यही क्वारेन्टाइनमा राख्ने हुँदा सीमामा परीक्षण नगरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

Advertisement

भारतको मुम्बई, दिल्ली, राजस्थान, हरियाणा, मुरादावादलगायतका स्थानबाट बस रिजर्भ गरेर आएका उनीहरु गौरीफन्टा नाकामा लामो समयदेखि अलपत्र परेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top