विश्वविजेता स्पीकरसँग विराटनगरमा हुँदैछ निशुल्क वेभीनार

८ जेठ ७७, शुक्रबार

८ जेठ, विराटनगर ।
सक्सेस सोसाइटी इन्टरनेशनलले विराटनगर लगायत नेपालका विद्यार्थी एवंं युवाहरुको लागि वक्तृत्वकलाको निशुल्क वेभीनारको आयोजना गरेको छ ।

Advertisement

विराटनगरका अन्तरराष्ट्रिय स्पीकर वैभव नाहटाद्वारा आयोजित वेभीनार, २०१९ का विश्व विजेता स्पीकर आरोन बेभर्ली संग हुनेछ । वेभीनार आउँदो शनिबार साझ ५ बजे देखि ६ बजेसम्म अनलाइन जुम मीटिङ एपमा गरिने आयोजकले जनाएको छ ।

यस वेभीननारद्वारा विद्यार्थी र युवाहरुले आफ्नो स्टेज फियर लाई कम गरी वक्तृत्य कलालाई झन बलियो बनाउने तरीका सिक्न सक्ने आयोजकको अपेक्षा छ । वेभीनार सक्सेस सोसाइटी इन्टरनेशनलको फेसबुक पेजमा पनि लाइभ प्रसारण गरिने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top