विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या डरलाग्दो :डब्लुएचओ

८ जेठ ७७, शुक्रबार

८ जेठ, वासिङ्टन।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एकै दिन ठूलो सङ्ख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सामान्यीकरण” को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि नेताहरूको बैठक गर्न प्रस्ताव राखेका छन्।

डब्लुएचओले बुधबार एकै दिन एक लाख छ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत डिसेम्बरमा चीनको वुहानमा कोरोना सङ्क्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो सङ्ख्या देखिएको हो ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेरियससले आफू निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट “धेरै चिन्तित” भएको बताएका छन्।

दक्षिण अमेरिकी देशहरूमा पछिल्ला दिनहरूमा सङ्क्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि सङ्क्रमण बढेसँगै पुनःस्थापित गरेका छन् ।

ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । यहाँ विश्वमै तेस्रो सर्वाधिक सङ्ख्यामा सङ्क्रमित देखिएका छन् । पेरू, मेक्सिको र चिलीमा पनि सङ्क्रमण लगातार वृद्धि भइरहेको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले एकै दिन र्क हजार १७९ नयाँ कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको बताएका छन्, जबकि दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउनको कडा विरोध गर्दै आएका छन् । उनले विशेषज्ञहरूको सल्लाहविपरीत क्षेत्रीय गभर्नरहरूलाई लकडाउन हटाउन दबाव दिइरहेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पलेजस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधिको प्रयोगलाई बढावा दिएका छन्। तर अध्ययनहरूले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानी गर्ने बताएका छन् ।

आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः राखेकका छन्। उनले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र (जी७) को शिखर सम्मेलनमा नेताहरूको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताए ।

“म यो सम्मेलन वासिङ्टन डिसीको क्याम्प डेभिडमा गर्ने विचार गर्दैछु” उनले भने “अरु नेताहरू पनि सहभागी हुनुहुनेछ । यो सबैका लागि ठूलो सङ्केत हुनेछ – सामान्यीकरण !”

जी७ का देशहरू – बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्तराज्य अमेरिका – ले वार्षिक शिखर सम्मेलन आलोपालो आयोजना गर्ने प्रचलन छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यालयले “स्वास्थ्य स्थितिले अनुमति दिएमा” उपस्थित हुने जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले आफू “पर्ख र हेरको अवस्थामा रहेको” बताएकी छन् ।

विश्वव्यापी रुपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख २५ हजारभन्दा बढी र झण्डै ५० लाख मानिस सङ्क्रमित भएका छन् । यसबिच विश्वभरिका सरकारहरू खोपको आशामा रहेका छन् ।

भाइरस निर्माणका सन्दर्भमा उत्साहजनक खबरहरू आइरहेका छन् । एउटा अध्ययनमा बाँदरहरूमा गरिएको प्रयोगमा मानिसहरूले भाइरस प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने देखाएको छ ।

यसैबीच, युरोपमा सङ्क्रमण र मृत्युदरमा ठूलै कमी आएपछि लकडाउन खुकुलो बनाउन थालिएको छ ।

एसियाका देशहरूमा पनि बिस्तारै खुकुलोपन ल्याउन थालिएको छ ।

भारतमा दुई महिनाको लकडाउन पछि मे २५ बाट घरेलु हवाई यात्रा पुनः सुरु हुँदैछ । भारतमा एकै दिन पाँच हजार ६०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित देखिए पनि व्यवसाय, यातायात र अन्य क्षेत्रमा बिस्तारै सहजता आउन थालेको छ ।

चीन, दक्षिण कोरिया, जापान र सिंगापुरले पनि व्यवसायहरू खोल्नुका साथै आम जनजीवनमा सहजीकरण गर्न थालेका छन् ।रासस / एएफपी

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top