पशुपतिमा विद्युतीय शवदाह र किरियापुत्री सेवा एक सातादेखि बन्द

९ जेठ ७७, शनिबार

९ जेठ, काठमाडौँ ।
कोरोना फैलनसक्ने आशंकामा पशुपति विकास कोषले किरियापुत्री घरमा बस्ने सुविधा बन्द गरेको छ । किरियापुत्री घरमा बसेका केही व्यक्तिमा कोरोना लागेको आशंकामा एक सातादेखि किरियापुत्री घरमा बसेर किरियाको काम बन्द गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । करियापुत्रीको सुविधाका लागि पशुपतिमा ३४ वटा कोठा छन् ।

Advertisement

उनले भने ‘कोराना लागेको शंका लागेको व्यक्तिले प्रयोग गरेको चारवटा कोठामा ताल्चा लगाएर राखेका छौँ, केही कोठामा काम सकिन बाँकी भएकाहरु बसेका छन् ।’ केही कोठा काभ्रेको धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको शव अन्त्येष्टीमा संलग्न १० जना राखिएको उनले बताए ।

उनले भने सबै कोठामा डिसइन्फेक्टेट गरेर सञ्चालनमा ल्याउने बताए । तर, किरियापुत्री घर सञ्चालन गर्नै पर्ने कोषलाई बाध्यकारी व्यवस्था नभएको उनले बताए । उनले भने ‘किरिया त पशुपतिमै बस्नुपर्छ भन्ने हुँदैन । सुविधाको लागि मात्रै हो ।’

Advertisement

कोषले एक सातादेखि विद्युतीय शव दाहगृह पनि बन्द गरेको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको अन्त्येष्टि गरेपछि सेवा बन्द गरेको हो । अन्त्येष्टिमा संलग्न कर्मचारीको पीसीआर विधिबाट परीक्षण गर्न बाकी रहेकोले सेवा बन्द गरिएको खतिवडाले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top