पश्चिम अस्ट्रेलियामा विशाल आँधी आउने चेतावनी

११, जेष्ठ, एजेन्सी ।
अस्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा विशाल आँधी आउन लागेको र अबको केही घण्टामै उक्त आँधी जमिनमा बज्रने बताइएको छ।

Advertisement

केही क्षेत्रमा मुसलधारे पानी, तीव्र गतिको हावा र आठ मिटर अग्ला सम्मका छाल आउने मौसम भविष्यवाणी गरिएको छ। मौसम विभागका अनुसार यो प्रतिकूल मौसम उष्णप्रदेशीय आँधी माङ्गा चिसो हावासँग मिसिएपछिको परिणाम हो।

अग्नि तथा आपत्‌कालनीन सेवा विभागका वरिष्ठ अधिकारीले यो एक दशकमा एक पटक आउने किसिमको आँधी भएको बताए।

Advertisement

प्रतिकूल मौसम

सामान्यतः हामीकहाँ दक्षिण पश्चिमी आँधी आउँछ तर यो उत्तर पश्चिमी आँधी हो, अग्नि तथा आपत्‌कालनीन सेवा विभागका जन ब्रूमहलले पत्रकारहरूलाई भने।

Advertisement

पश्चिमी तटीय क्षेत्रमा अस्वाभाविक किसिमको प्रतिकूल मौसम छाउनेछ। मौसमी प्रतिकूलता सोमवारदेखि कम हुँदै जाने पनि मौसमविद्हरूले बताएका छन्। अधिकारीहरूले मानिसहरूलाई आफ्नो सम्पत्तिको सुरक्षा गर्न र सामानहरू बाँधेर राख्न भनेको बताइएको छ।

पश्चिमी अस्ट्रेलियाको धेरै ठाउँमा प्रतिकूल मौसमको चेतावनी जारी गरिएको छ। यो पश्चिम अस्ट्रेलियाका लागि विरलै हुने घटनाका रूपमा पनि व्याख्या गरिएको छ। तटीय क्षेत्रमा १०० किमि प्रति घण्टाको दरले हावा बहने र केही ठाउँमा त्यो गति १३० किमि प्रति घण्टासम्म रहने मौसम विभागले जनाएको छ।

केही क्षेत्रमा १०० मिमि सम्म पानी पर्नसक्ने भनिएको छ। यो मौसम प्रणालीले आइतवार पश्चिमी तटीय क्षेत्रमा हान्नेछ भने सोमवारसम्म त्यस्तै अवस्था रहने पनि आकलन गरिएको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top