उत्तर कोरिया फेरी जुट्यो सैन्य तथा परमाणु क्षमता बिस्तारमा

११ जेष्ठ, एजेन्सी ।
उत्तर कोरियाले देशको सैन्य तथा परमाणु क्षमता बिस्तार गर्ने तयारी थालेको छ ।

देशको सैन्य क्षमता बिस्तारको उपाय तथा नीतिहरु तय गर्नका लागि सत्ताधारी कम्युनिष्ट पार्टीको बैठक बसेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ । समाचार संस्था कोरियन सेन्ट्रल न्यूज (केसिएनए) ले आइतबार जनाए अनुसार वर्कर्स पार्टी अफ कोरिया (डब्लुपिके) को केन्द्रीय सैन्य कमिसनको बिस्तारित बैठकमा सैन्य क्षमता बिस्तार सम्बन्धमा छलफल भएको हो ।

देशको सर्वाभौमसत्ताको रक्षा तथा स्थिरता कायम गर्नका लागि सैन्य क्षमता थप बलियो बनाउनु पर्ने दिएकाले त्यसको रणनीति बारे बिस्तारमा छलफल भएको केसिएनएले उल्लेख गरेको छ ।

बैठकले देशको सैन्य क्षमता बिस्तारका लागि परमाणु बिस्तार थप गर्ने सम्बन्धी नीति तय गरेको र देशको रणनीतिक सैन्य शक्तिलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय गरेको जनाइएको छ । बैठक उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनको अध्यक्षतामा भएको हो । बैठक कहिले बसेको थियो भन्ने खुलाइएको छैन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top