×

NEPAL TIMES UPDATES

Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026

बन्दाबन्दीमा सर्वाधिक उडान गर्ने नेपाल एयरलाइन्स

११ जेष्ठ २०७७

११ जेठ, काठमाडौं ।

नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु चार्टर्ड र सात कार्गो चार्टडसहित) १५ अन्तर्राष्ट्रिय उडान गरेको छ । जुन नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा प्रदायक कम्पनीमध्ये निगम पहिलो स्थानमा पर्छ ।

Advertisement
Advertisement

कतार एयरवेजले ११ चार्टर्ड उडान गरेको छ । उक्त अवधिमा नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले पनि सर्वाधिक १० कार्गो चार्टर्ड उडान गरेको छ । बुद्ध एयरले तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेको छ भने आन्तरिक उडानको श्री एयरलाइन्सले पनि चीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेको छ ।

त्यसैगरी बन्दाबन्दीको अवधिमा एयर इण्डिया, चिनियाँ एयर फोर्स, एयर चाइना, पाकिस्तान एयर, एयर अरेबिया, मलेसियन एयर, मालिन्दो एयर, एयर थाइलाइन एयर, इतिहाद, श्रीलङ्का एयरवेज, जर्नी एभिएसन, रोयल फ्लाई एयर, टाइटन एयर र कोरियन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि निगमले ११ वटा चार्टर्ड उडान गरेको छ । निजी क्षेत्रका यति एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स, समिट एयरलगायतले पनि आन्तरिकतर्फ केही सङ्ख्यामा चार्टर्ड उडान गरेका छन् ।

विसं २०७६ चैत १० देखि २०७७ जेठ ९ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६६ अन्तर्राष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसबाहेक १७ कार्गो उडान भएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बन्दाबन्दीको अवधिमा नेपाल एयरलाइन्सले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको बताए​ । हिमालय एयरलाइन्सले पनि पछिल्लो समय चीनका विभिन्न शहरमा सर्वाधिक कार्गो उडान गरिरहेको छ । हिमालयको एयरबस ए ३२० जहाजले आज पनि चीनको चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन त्यसतर्फ गएको छ ।

नेपाल एयरलाइन्सले चीनको ग्वाङ्जाओ र बेइजिङबाट मात्रै आठ कार्गो उडान ग¥यो भने हिमालयले पनि ग्वाङ्जाओ, बेइजिङ, चाङ्सालगायत शहरबाट कार्गो उडान गरी अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । नेपाल एयरलाइन्स र कतार एयरवेजले आज राति थप एक÷एक उडान गर्दैछन् ।

सरकारले कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि गत चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो । पछिल्लोपटक जेठ २० सम्मका लागि बन्दाबन्दीको अवधि थपिएको छ । त्यस्तै चैत १० बाट नेपालमा उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको उडान स्थगन गरिएको छ । यो अवधि जेठ मसान्तसम्म लम्ब्याइएको छ । आन्तरिक उडान पनि स्थगन भएका छन् ।

नेपाल एयरलाइन्सले नेपालमा बन्दाबन्दी शुरु हुनुअघि नै कोभिड-१९ को उद्गमस्थल चीनको हुवेई प्रान्तको वुहान शहरबाट पहिलोपटक उद्धार उडान गरी १७५ नेपाली काठमाडौँ ल्याएको थियो । त्यसयता बन्दाबन्दीको अवधिमा उडान सारथी बनिरहेको निगमले यात्रु चार्टर्ड र कार्गो चार्टर्ड उडानलाई निरन्तरता दिएको छ ।

अष्ट्रेलियामा तीन र जापानमा चार उडान

नेपाल एयरलाइन्सले बन्दाबन्दीमा आफ्ना दुई वाइड बडी जहाजले लामा गन्तव्य अष्ट्रेलिया र जापानमा अधिक उडान गर्यो । जापानको नारितामा मात्रै एयरलाइन्सको चार उडान भएको छ । विभिन्न मितिमा तीन उडान भइसकेका छन् भने आज राति चौथो उडान गर्दैछ । त्यस्तै नेपाल एयरलाइन्सले अष्ट्रेलियामा इतिहासकै लामो अर्थात् करिब १३ घण्टाको उडान गरेको छ । सिड्नी र ब्रिस्बेनमा एक-एक उडान गरेको थियो ।

आगामी जेठ २३ गते अष्ट्रेलियाको राजधानी क्यानबेरामा तेस्रो चार्टर्ड उडान गर्दैछ । चीनको बेइजिङमा पनि निगमले पहिलोपटक कार्गो उडान गरेको थियो । निगमले चीनका अन्य शहरमा पनि थप कार्गो उडान गर्ने योजना बनाएको छ । तथापि कार्गो उडानको तालिका तय भइनसकेको निगमले उल्लेख गरेको छ ।

६ हजार ४७७ अन्तर्राष्ट्रिय यात्रु फर्किए

बन्दाबन्दीको अवधिमा नेपालमा रोकिएका ६ हजारभन्दा बढी हवाई यात्रु विभिन्न मुलुक फर्किएका छन् । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यका अनुसार बन्दाबन्दीको अवधिमा कार्गो र चार्टर्ड गरी जम्मा ८३ अन्तर्राष्ट्रिय उडान भएका छन् । ती उडानबाट ६ हजार ४७७ यात्रु बाहिरिएका छन् । यो सङ्ख्यामध्ये केही नेपाली पनि हुन् । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयको समन्वयमा उनीहरुलाई स्वदेश फर्कन सहजीकरण गरेको थियो ।

हवाई उडान सञ्चालन निर्देशिका बन्दै

बन्दाबन्दीले दुई महिनादेखि मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन छ । यो अवस्था कहिलेसम्म रहने हो अहिले नै अनुमान गर्न नसकिने अधिकारी बताउँछन् । बन्दाबन्दी खुलेपछि मुलुकको आन्तरिक उडान सञ्चालनबारे नियामक निकायले पहल गरिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई समेत अपनाएर आन्तरिक उडान सञ्चालनका लागि निर्देशिका बनाउने अन्तिम तयारीमा प्राधिकरण जुटेको छ । मस्यौदाका रुपमा तयार भएको निर्देशिका एकसाताभित्रै पारित गरेर सबै विमानस्थल र एयरलाइन्सलाई पठाइने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । ‘आन्तरिक उडान सञ्चालनका लागि छिट्टै निर्देशिका ल्याउँदैछौँ, कार्यालयसम्बन्धी निर्देशिका बनाएर सबै कार्यालयमा पठाइसकेका छौँ’, उनले भने ।

निर्देशिकामा स्वास्थ्य मापदण्डअनुरुप सामाजिक दूरी कायमदेखि स्वास्थ्य सतर्कताका लागि सेनिटाइजर, मास्क उपयोग गर्नेजस्ता विषय समेटिने छन् । जहाजको हालको सिट पनि हेरफेर हुनेछ, यसको विस्तृत कार्यको टुङ्गो लागि नसकेको प्राधिकरणले जनाएको छ ।

Advertisement

-सिबी अधिकारी/रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top