नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु,संक्रमितको संख्या ६ सय ८२ पुग्यो

१२ जेठ, काठमाडौँ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका बृद्धको परीक्षण रिपोर्ट पोजेटि आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेशनल मेडिकल कलेज विरगञ्जमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका ७० वर्षिय वृद्धको मृत्यु भएको थियो । मृतक वृद्धको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

स्वास प्रस्वासमा समस्या दखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको ३ गते स्वाव संकलन गरी नारायणी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि पोजेटिभ देखिएपछि उनको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको उनले बताए । यसअघि धुलिखेल अस्पतालमा सुत्केरी महिला, बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा एक पुरुष र क्रिमसन अस्पतालमा उपचाररत पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो ।

Advertisement

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । सोमबार मात्रै ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । सोमबार मन्त्रालयको पछिल्लो विवरण अुनसार सेती प्रदेशिक अस्पतालको प्रयोशालामा भएको परीक्षणमा अछामका ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीन जनामो पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालमा पर्सा र काठमाडौंका १—१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

अहिले प्रदेश नम्बर १ को ७ जिल्लामा ८६, प्रदेश नम्बर २ का ८ जिल्लामा २ सय ३५ र बागमती प्रदेशका ११ जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५, प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ९२, कर्णाली प्रदेशका २ जिल्लामा ११ जना र सुदूरपश्चिमका ५ जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ सय १२ पुगेको छ ।
सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् ।

Advertisement

यसैगरी प्रदेश प्रदेश नम्बर १ मा १० हजार ८ सय २७, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ६८ र बागमती प्रदेशमा २३ हजार ३ सय १३ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा १६ हजार २ सय १५, कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनाको आरडिटी परीक्षण गरिएको छ ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ६ सय ७७, प्रदेश नम्बर २ मा ९ हजार २६, बागमती प्रदेशमा ८ सय ७८ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २० हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ९ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ३ सय ६ जना गरी जम्मा ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top