महामारी नियन्त्रणमा आउने क्रममा रहेका देशमा पुनः दोस्रो लहर सुरु हुन सक्ने डब्लुएचओको चेतावनी

१३ जेष्ठ, एजेन्सी ।
कोरोना भाइरसको संक्रमण ओरालो लाग्ने क्रममा रहेका देशमा पुनः महामारीको दोस्रो लहर आउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आग्रह गरेको छ ।

संक्रमण फैलिन नदिन वा नियन्त्रणमा लिनका लागि अपनाइएका उपायहरुमा अति चाँडो छुट दिन थालिएमा महामारीको दोस्रो लहर अति चाँडै आउने भन्दै डब्लुएचओले चेतावनी दिएको हो ।

डब्लुएचओको आपतकालीन सेवा प्रमुख डा. माइक रायनले जेनेभामा भएको अनलाइन ब्रिफिङ्गको क्रममा सोमबार विश्व अहिले पनि कोरोना भाइरस महामारीको पहिलो लहरको मध्यमा रहेको बताएका हुन् । युरोप तथा उत्तर अमेरिकाका धेरै देशमा संक्रमण ओरालो लाग्ने क्रममा रहे पनि मध्य तथा दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा संक्रमण उकालो लाग्ने क्रममा रहेको उनले बताए ।

Advertisement

डा. रायनका अनुसार सामान्यतया महामारी चरण–चरणमा फैलिने भएकाले अहिले महामारी नियन्त्रणमा आउने क्रममा रहेका देशमा यो वर्षको अन्त्यतिर पुनः दोस्रो लहर सुरु हुन सक्ने बताए । कोराना भाइरसको महामारीको पहिलो लहर नियन्त्रणका लागि अपनाइएका उपायहरु बिना कुनै सावधानी चाँडै नै हटाइएमा दोस्रो लहर सुरु हुने र त्यो अति चाँडो उच्च तहमा पुग्न सक्ने भएकाले सचेत रहन डा. रायनले अपिल गरेका छन् ।

उनले भनेका छन्, हामीले लगातार महामारीको दोस्रो लहर आउन सक्ने बताउँदै आएका छौँ । अहिले महामारी कम हुँदै गएका देशमा पनि सावधानी अपनाइएन भने दोस्रो लहरको महामारी सुरु हुन सक्ने छ र त्यो अहिलेको भन्दा भयावह हुने सक्ने छ ।’

Advertisement

कुनै पनि बेला महामारीले आफ्नो भयावह रुप देखाउन सक्ने भएकाले सबै हिसाबले तयार रहनु पर्ने उनले बताएका छन् । युरोप तथा उत्तर अमेरिकाका देशहरुले सार्वजनिक स्वास्थ्यका लागि सामाजिक दूरी, निगरानी, परीक्षणसहित विस्तृत रणनीतिक योजना बनाएर काम गर्नु पर्ने उनले बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top