प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक

१३ जेठ, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा अहिले चलिरहेको छ । साँझ ५ बजेका लागि बोलाएको सर्वदलीय बैठक केही समय ढिला गरी सुरु भएको हो।

बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, डा. बावुराम भट्टाई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति रहेको छ । त्यसैगरी, नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका नेताहरूले बैठकमा भाग लिएका छन् ।

बैठकमा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा निशान छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरिनेछ।

Advertisement

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा –राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

Advertisement

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुपम सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्मा दर्ता गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top