×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

सेती अस्पतालको आइसोलेसनमा ५५ वर्षीय पुरुषको मृत्यु

१४ जेष्ठ २०७७

१४ जेष्ठ, धनगडी ।
सेती अस्पतालको आइसोलेसन कक्षमा बुधबार बिहान ६ बजे कैलालीको गौरीगंगा ७ का ५५ वर्षीय एक पुरुषको  मृत्यु भएको छ ।

उनलाई हिजो (मंगलबार) गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सीमा नाकामा बेहोस अवस्थामा उद्धार गरिएका उनलाई सेती अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।

Advertisement
Advertisement

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएका उनलाई सुरुमा इमर्जेन्सी वार्डमा भर्ना लिइएको थियो,’ उनले भने, उनमा मृगीको समस्या देखिएको जस्तो थियो । भारतबाट फर्किएको भएकाले मात्रै कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको हो ।’

ती व्यक्ति भारतको महाराष्ट्रबाट गौरीफन्टा नाकासम्म बसमा चढेर आएको बताइएको छ । बसबाट उत्रिँदै गर्दा सिमानामा बेहोस भएर ढलेपछि सीमामा रहेको नेपाली एम्बुलेन्समा राखेर अस्पताल पुऱ्याइएको थियो ।

Advertisement
Advertisement

सूचना अधिकारी श्रेष्ठले मृतकको कोरोना परीक्षणका लागि थ्रोट स्वाब पनि लिएको बताए । उनले भने, यसअघि इमर्जेन्सी वार्डमा गरिएको आरडीटी परीक्षणमा एन्टिबडी नेगिटेभ देखिएको छ । पीसीआरको रिपोर्ट आउन बाँकी छ ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top