गण्डक अस्पतालबाट २१ जना कोरोनालाई जितेर घर फर्के

१३ जेठ ७७, बुधबार

१४ जेष्ठ, वीरगञ्ज ।
नारायणी कोभिड विशेष अस्थायी अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट मंगलबार राति २१ जना कोरोना संक्रमितहरुलाई निको भएपछि डिस्चार्ज गरिएको छ ।

कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराई रहेका ३० जना मध्ये २१ जना निको भएपछि डिस्चार्ज गरिएको विशेष कोरोना गण्डक हस्पिटलका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए । अस्पतालमा उपचारपछि निको भएर फर्किनेहरुमा १७ जना पुरुष र ४ जना महिलाहरु छन् ।

उनीहरु मध्ये १५ महिने बालकसहित तीनजना बालबालिकाहरु पनि छन् । उनीहरुको कोरोना परीक्षण गर्दा लगातार दोस्रो पटक नेगेटिभ आएपछि डिस्चार्ज गरि घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

Advertisement

अब गण्डक अस्पतालमा ९ जना मात्रै कोरोना संक्रमितहरु उपचार गराईरहेका छन् । यो सँगै वीरगञ्जको नारायणी र गण्डक अस्पतालबाट उपचार भएपछि निको भएर एक सय २ जना घर फर्केका छन् । यस अघि गत सोमबार साँझ दुई जना पत्रकारसहित ४३ जना संक्रमितहरु उपचार पश्चात निको भएर डिस्चार्ज भएका थिए ।

Advertisement

त्यस्तै आइतबार राति पनि कोरोना भाइरसलाई जितेर वीरगञ्ज छपकैयाका एकै परिवारका ४ महिने शिशुसहित १८ जना डिस्चार्ज भएका थिए । गत शनिवार पनि नारायणी अस्पतालमै उपचार पछि निको भएर ९ जना संक्रमितहरुलाई डिस्चार्ज गरि घर पठाइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top