भेरीमा बेपत्ता खोज्दै गोताखोरको टोली

१३ जेठ ७७, बुधबार

१४ जेष्ठ, जाजरकोट ।
रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका युवालाई खोज्न गोताखोरको टोली घटनास्थल पुगेको छ ।

सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु गरेको छ । गोताखोर टोलीका प्रमुख सशस्त्र प्रहरी बलका असई रमेश थापाका अनुसार गणबाट आएका ८ जना र अन्य स्थानीय सुरक्षाकर्मीको सहयोगमा खोजी सुरु गरिएको छ ।

शनिबार भएको घटनामा ३ जनाको शब नदी किनारमा भेटिएको छ भने तीनजना बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विकसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं ४ का सन्दीप विक बेपत्ता छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top