दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(भयावह नै हुने भो)
बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १ सय १४ जनामा कोरोना संक्रमणका नयाँ विरामीहरु भेटिए/ ४७ जिल्लामा कुल संक्रमित ८ सय ८६ पुगे/ उपचारपछि निको हुनेको संख्या १ सय ८३ पुग्यो ।

२.(अझै परीक्षण बढाउ)
अहिलेसम्म पीसीआरबाट ५८ हजार २ सय ७७ र आरडिटीबाट १ लाख २ सय ८७ जनाको नमुना परीक्षण /देशभरी ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा /६ सय ९९ जना आइसोलेसनमा ।

३.(किन चाँहियो समय ?)
कांग्रेसले समय मागेपछि तत्काल संविधान संशोधन विधेयक संसदबाट अगाडि नबढाउने सरकारको निर्णय/ नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संशोधन विधेयक पेश भएन ।

४.(जनप्रतिनिधीको खबरदारी)
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीलाई चुस्त दुरुस्त पार्न सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण /क्वारेन्टाइनलाई व्यवस्थित बनाउन, परीक्षण किट लगायत स्वास्थ्यसामाग्री आपुर्तिको सहज बनाउन माग ।

५.(मिनबहादुरको चेतावनी)
सरकारले जनताको सुरक्षाको प्रत्याभुति गर्न नसकेको सांसद मिनबहादुर विश्वकर्माको आरोप / प्रहरी र स्थानीय सरकारको लापरवाहीका कारण जाजरकोट–रुकुम घटना भएको आरोप/घटनाको निश्पक्ष छानबिन नभए परिणाम नराम्रो हुने चेतावनी ।

६.(बेपत्ताको खोजी)
रुकुम पश्चिममा भएको घटनामा पीडित पक्षद्वारा २० जनाविरुद्ध किटानी जाहेरी /१२ जना पक्राउ / बेपत्ताको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन/ वेपत्ता एकको शव फेला ।

७.(न्यायका लागि प्रर्दशन)
पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा प्रदर्शन / जातिय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्न प्रदर्शनकारीहरुले आग्रह ।

८.(नेपालका समिति)
सर्लाहीका कुमार पौडेलको हत्याको विषयमा सुवास चन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको कार्यअवधि संसंदको छैटौ अधिवेशन सम्म थप / १० महिना पुग्न लागिसक्दा पनि समितिले प्रतिवेदन तयार पार्न सकेन ।

९.(बजेट अधिवेशन सुरु)
प्रदेश १ प्रदेशसभाको बजेट अधिवेशन सुरू /प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रण र उपचारमा व्यवस्थित रुपमा काम गरेको मुख्यमन्त्री शेरधन राईको दाबी/बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण, राहत र पुनस्थापनामा केन्द्रित हुने ।

१०.(बजेट भाषण)
बिहीबार दिउँसो ४ बजे सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने /४ बजे अगाडि नै बैठककक्षमा प्रवेश गर्न दुवै सदनका सदस्यलाई सभामुखको अनुरोध /बजेट भाषण लगत्तै प्रतिनिधि सभाको बैठक बस्ने ।

११.(सेनाको प्रयास)
नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी जहाज आज साँझ चीन उड्यो / जहाजबाट २९ दशमलव ०२ टन स्वास्थ्य सामग्री ल्याइँदै /बाँकी स्वास्थ्य सामग्री स्थल मार्गबाट ल्यार्इंदै ।

१२.(किराको भय)
सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छीं विकास मन्त्रालयद्वारा प्राविधिक समिति गठन /एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुगेर हरियो वनस्पतिलाई छोटो समयमै नोक्सानी पुर्याउन सक्ने किरा नेपालमा आउन सक्ने अनुमान ।

१३.(मेलम्चीको मेलो)
नेपालमा ९० प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँचमा रहेको तथ्याङ सार्वजनिक /राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९४ दशमलव एक प्रतिशत सम्पन्न ।

१४.(दूतावासले पहल थाल्यो)
बहराइनमा समस्यामा परेका र तत्कालै स्वदेश फर्किनुपर्नेनेपालीलाई दूतावासमा सम्पर्क गर्न बहराइनस्थित नेपाली दूतावासको आग्रह /अनलाइन फारममार्फत प्राप्त भएका विवरणको आधारमा सम्पर्क हुन नसकेको भन्दै तुरुन्तै सम्पर्क गर्न आग्रह ।

र,

१५.(आजको कोरोना अपडेट)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ३ लाख ५२ हजार बढी संक्रमितको मृत्यु/ ५७ लाख ७ हजार बढी संक्रमित /२४ लाख ४९ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top