भरतपुरमा थप एकजनालाई कोरोना संक्रमण पुष्टि

१४ जेठ ७७, बिहीबार

१५ जेष्ठ, चितवन ।
भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा जेठ १३ मा परीक्षण भएका १ सय ५ वटा नमुनामध्ये एक जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान सूचना जारी गरी यसबारे पुष्टि गरेको हो । ती व्यक्ति नवलपुरको देवचुली नगरपालिका–१ का बासिन्दा रहेको अस्पतालले जनाएको छ । उनी अहिले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचनामा उल्लेख छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार १९ वर्षीय ती व्यक्ति जेठ १० गते भारतको हरिद्वारबाट आएर देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । योसहित चितवनमा कोरोना संक्रमण पुष्टि भएका आठ जना पुगेका छन् । जस मध्ये चितवनका पाँच जना छन् ।

Advertisement

चितवनकै दुई जना निको भएर घर फर्किसकेका छन् । उपचारमा रहेका ६ मध्ये तीन जना चितवन र बाँकी नवलपुरका हुन् । मकवानपुरको प्रयोगशालामा संक्रमण पुष्टि भएकी हेटौंडाकी एक महिलालाई पनि भरतपुरस्थित सरकारी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

भरतपुरमै बस्दै आएकी उनी हेटौंडा घर गएका बेला त्यहीँ परीक्षण भएको थियो । चितवनमा जेठ १३ सम्म १ हजार ६ सय ३४ जनाको कोरोना परीक्षण भएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top