प्रदेश प्रमुख सोमनाथ अधिकारीद्वारा गणतन्त्र दिवसको शुभकामना ब्यक्त

१५ जेठ ७७, शुक्रबार

१५ जेठ, विराटनगर।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले तेह्राैँ गणतन्त्र दिवसका अवसरमा प्रदेशवासीलाई शुभकामना ब्यक्त गरेका छन् । विहीबार एक शुभकामना सन्देश जारी गर्दे प्रदेश प्रमुख प्यासीले नेपाली जनताको लामो र अथक संघर्ष, वीर सहिदहरुको त्याग र बलिदान वाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, स्थापित भएको महान दिनमा देशभित्र र देशवाहिर रहनुभएका सम्पूर्ण नेपाली जनसमुदाय लाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुखले यस महान दिन ल्याउन सामनतवाद र त्यसमा रमाउने शासकहरु लाई विश्वसामु लज्जीत पार्दै, पराजीत गर्ने सम्पूर्ण सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गरेका छन् । यस्तै आजको दिनलाई नेपाली जनताले मुक्ति र शक्ति प्राप्त गरेको दिनको रुपमा सहर्ष स्मरण गर्दै, सबै नेपाली जनसमुदायमा हाम्रो संविधान, हाम्रो व्यवस्था, आफ्नै पहिचान अनुभूत गर्दै, राष्ट्रियता, स्वाधिनता, सार्वभौमसत्ता, सम्पन्न बन्दै जनताका अधिकार, अवसर र सुरक्षा साथै नयाँ सभ्यता स्थापित गरेको दिनको स्मरण उनले सन्देश मार्फत गरेका छन् ।

शुभकामना सन्देशमा विश्वव्यापी संक्रमणको रुपमा रहेको कोभिड–१९ कोरोना भाईरस संक्रमणले सबै लाई सताईरहेको यस बिकराल परिस्थितीको सामना गर्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठनका निर्णय र निर्देशनको सबैले आ–आफ्नो ठाँउमा पालना गरौँ । आफु बाँचौ अरुलाई बचाउन मद्दत गरौँ । राष्ट्रिय महत्वका हरेकै गतिविधीमा हामी सबैले सबै ठाँउमा एकमना एकता कायम गरौँ । अन्तमा जनआन्दोलका कल्पनाकारहरु, निती निर्माताहरु, त्यसलाई लागु गर्ने कार्यकर्ता र जनताहरु, प्राप्त परिणाम लाई आत्मसाथ गर्दै आन्दोलनका झण्डा उठाउनेहरु प्रति सम्मान जाहेर गरिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top