आगामी वर्षदेखि मेलम्चीबाट खानेपानी, ५ अर्बको बजेट विनियोजन

१५ जेठ ७७, बिहीबार

१५ जेठ, काठमाडौं ।
सरकारले आगामी दुई वर्षमै सबै नागरिकले पँहुचमा खानेपानी पाउने भएको बताएको छ ।

Advertisement

आज अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७÷७८ को बजेट पेश गर्ने क्रममा सो घोषणा गरेका हुन् । उनका अनुसार मेलम्ची खानेपानीको आधारभूत कार्य सम्पन्न भएको र आगामी वर्षमा खानेपानी आउनेछ । मेलम्ची खानेपानीको लागि ५ अर्बको बजेट विनियोजन भएको छ ।

यो वर्षमा जलाशय खानेपानी सञ्चालनको लागि सबै प्रदेशको राजधानीमा खानेपानीको व्यवस्था गरिने भएको छ । त्यस्तै सिँचाइ तथा सुक्खा क्षेत्रका ६ अर्ब योजना सञ्चालन गरिने भएको छ ।

Advertisement

काठमाडौँ खानेपानीको विकास गर्न १ अर्ब ९९ करोड विनियोजन गरिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top