भारतको केन्द्र सरकारले प्रवासी मजदुरहरूको बेवास्ता गरेको सोनिया गान्धीको आरोप

१६ जेठ ७७, शुक्रबार

१६ जेष्ठ, एजेन्सी । भारतको केन्द्र सरकारले कोरोना भाइरसबाट पीडित प्रवासी मजदुरहरूको बेवास्ता गरेको भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले आरोप लगाएकी छन् ।

Advertisement

भारतीय कंग्रेसले सञ्चालन गरेको ‘स्पिक अप इन्डिया’ अभियानका सन्दर्भमा जारी भिडियो सन्देशमा गान्धीले महामारीका कारण प्रभावित हरेक समुदायको समस्याप्रति संवेदनशील बन्न सरकारलाई सुझाव दिएकी छन् ।

सम्बोधनका क्रममा गान्धीले तत्काल राहतको आवश्यकता परेकालाई प्रतिपरिवार १० हजार भारतीय रुपैयाँ उपलब्ध गराउन तथा आगामी ६ महिनासम्म प्रतिपरिवार ७ हजार ५ सय रुपैयाँका दरले सहयोगको व्यवस्था गर्न आग्रह गरिन् ।

Advertisement

राहत रकमका साथै प्रवासी मजदुरहरूको सुरक्षित र निःशुल्क यात्राका लागि व्यवस्था गर्न तथा उनीहरूलाई आवश्यकताअनुसार सरकारले खाद्यान्नको प्रबन्ध गर्नुपर्नेसमेत गान्धीको माग छ ।

महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार सुनिश्चित ऐन, २००५ ले व्यवस्था गरेअनुरूप मजदुरलाई गाउँमै दुई सय दिन काम गर्ने अवसर सुनिश्चित गर्नसमेत उनले सरकारसँग माग गरेकी छन् ।

Advertisement

भाइरसको महामारीका कारण लाखौंले रोजगार गुमाउनुका साथै किसानहरूले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउनसमेत नपाउँदा पनि सरकार चुपचाप बसेको उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top