पूर्व रिसिईबीका कारण बराहक्षेत्रमा योजनाबद्ध हत्या

पूर्व रिसिईबीका कारण बराहक्षेत्रमा योजनाबद्ध हत्या

१७ जेठ, सुनसरी ।
सुनसरी बराहक्षेत्र ३ बाङगे बस्ने ३७ बर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन ।

शुक्रबार बिहान ६ बजे बराहक्षेत्र-३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गामा कमल राई मृत अवस्थामा फेला परेका थिए । शरीर तथा टाँउकोमाचोट सहित संकास्पद् अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

हत्या भएको पुष्टि भए संगै अनुसन्धान थालेको प्रहरीले राईको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ बर्षीय गणेश लिम्बु र सोही स्थानका १९ बर्षीय प्रदीप राजधामी रहेका छन् ।

पक्राउ परेका यी दुबै जनाले पूर्व रिसिबीको कारण योजनाबद्ध रुपमा कमललाई प्लटिङ जग्गामा लगी लाठ्ठीले टाँउको तथा शरीरका संवेदनशील अंगमा कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.