आजका प्रमुख खबरहरुः
१.(नथपिएको दिन भएन)
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो / पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि /हालसम्म कोरोनाका कारण ८ जनाको मृत्यु/२ सय २० जना निको भए ।
२.(परीक्षणको आँकडा)
आइतबारसम्म आरडिटीबाट १ लाख ११ हजार १०९ र पिसिआरबाट ६९ हजार ५ सय ८२ वटा परीक्षण /देशभर हालसम्म १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा/ १ हजार ३ सय उन्चास जना आइसोलेसनमा ।
३.(उग्र बन्दै भारतीय)
सर्लाहीको विष्णु गाउँपालिकाको नेपाल—भारत सीमाबाट भारतीय नागरिक जबरदस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर ÷नेपाल प्रवेश गर्न नपाएपछि समूहमा आएका भारतीय नागरिकद्वारा प्रहरीमाथि आक्रमण ।
४.(दुःखमा गैरआवासीय)
विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विदेशमा मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या १ सय २१ पुग्यो /३४ देशका १४ हजार ४ सय २५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित ।
५.(नक्सा संविधानमा)
संविधान संशोधन विधेयक संसदमा पेश /नेपाली कांग्रेसको समर्थनमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राखिने ।
६.(सांसदको स्वर)
स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने सांसद्हरुको माग /रुकुम घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग /लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्नेमा जोड ।
७.(विरोधको दुरदृष्टि)
नेपाली भूमि लिपुलेकमा बनाइएको सडकमा यातायात सञ्चालनको तयारी गरेको भन्दै त्यसलाई रोक्ने पहल थाल्न विरोध खतिवडाको माग /सडक यातायात सञ्चालनमा आएमा अन्य भौतिक संरचना निर्माण हुने भएकाले समयमै रोक्नुपर्ने उल्लेख ।
८.(महतोको मन)
सरकारको आगामीे आर्थक बर्षको बजेटलाई राजपाका सांसद राजेन्द्र महतोद्वारा “औपनिवेशिक योजनाको निरन्तरता ”को संज्ञा / बजेटले आम नेपाली जनतालाई उत्साहित बनाउन नसकेको टिप्पणी ।
९.(रिजालको रिजल्ट)
सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालको भनाई /स्थानीय तहलाई शसर्त अनुदान बाहेक सबै घटाएर संघीयता बलियो बनाउने अधिकार समेत सरकारले गुमाएको आरोप ।
१०.(डाक्टरी सुझाव)
बजेटले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी / राज्य र बजारको समन्वयात्मक भूमिका राख्नका लागि पुर्वी एशियाली मोडलमा अघि बढ्नुपर्ने तर्क ।
११.(माग सुनियोस्)
कालापानी, लिपुलेक र कालापानी क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडको माग /समाजवाद उन्मुख व्यवस्थाका नारा लगाएपनि व्यवहारमा लागु गर्न नसकिएको मातृका यादवको भनाई ।
१२.(चुनौती दिन पो सजिलो)
आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गरेर देखाउन कांग्रेस सांसद जितेन्द्रनारायण देवद्वारा सरकारलाई चुनौती /बजेटमा सिमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उल्लेख ।
१३.(गृहसँग जवाफ माग)
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ का चक्रबहादुर खत्रीलाई सर्वोच्च अदालतको आदेशविपरीत पटकपटक गिरफ्तार गरेकामा गृह मन्त्रालयसंग मानव अधिकार आयोगले सोध्यो स्पष्टीकरण /प्रहरी प्रशासनबाट योजनाबद्ध रूपमा संविधानको ठाडो उल्लंघन भएको टिप्पणी ।
१४.(सवारीमा भार ब्यवसायीलाई मार)
विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुको विरोध /सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारीमा संलग्न व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको उल्लेख ।
र,
१५.(आजको भयावह)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ७१ हजार बढीको मृत्यु/६१ लाख ८० हजार बढी संक्रमित / २७ लाख ५१ ह्जार बढी निको भएर घर फर्किए ।