×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026

प्रदेश २ सरकारले कोरोना कोषबाट अस्पतालहरुलाई दियाे ८ करोडभन्दा बढी

१९ जेष्ठ २०७७

१९ जेठ, धनुषा ।

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि हालसम्म विभिन्न अस्पताललाई रु आठ करोड २३ लाख २५ हजार रकम उपलब्ध गराएको छ । पछिल्लो चरणमा पनि विभिन्न अस्पताललाई रु पाँच करोड १३ लाख ७५ हजार निकासा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

सोअन्तर्गत पछिल्लो चरणमा सो कोषबाट पर्सास्थित पोखरिया अस्पताललाई औजार उपकरण खरिदका लागि रु १० लाख, जनशक्ति व्यवस्थापनका लागि रु १० लाख, कोभिड–१९ सङ्क्रमित व्यक्तिहरु एवम् स्वास्थ्यकर्मीहरुका लागि खाजा, खाना र पानी व्यवस्थापन गर्न रु १० लाख, औषधि खरिदका लागि रु पाँच लाख र खानेपानी व्यवस्थापनमा रु दुई लाख गरी जम्मा रु ३७ लाख उपलब्ध गराइएको छ ।

रौतहट जिल्लास्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुका लागि खाजा, खाना तथा पानी व्यवस्थापनतर्फ रु २५ लाख, औषधि खरिदका लागि रु पाँच लाख, पानीको धारा, विद्युत् महसुलका लागि रु छ लाख, पिपिई, सानिटाइजर लगायतका सामग्री खरिदका लागि रु चार लाख, मेशिनरी औजार मर्मतका लागि रु एक लाख ५० हजार, जनशक्ति व्यवस्थापनका लागि रु १० लाख, सरसफाइका लागि रु एक लाख ५० हजार र श्यया सेट खरिदका लागि रु तीन लाख गरी जम्मा रु ५६ लाख उपलब्ध गराइएको जानकारी गराइएको छ ।

त्यसैगरी सर्लाही जिल्लास्थित मलङ्गवा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि खरिदतर्फ रु पाँच लाख, जनशक्ति व्यवस्थापनका लागि रु १० लाख, खाजा, खानेपानी व्यवस्थापन गर्न रु १० लाख, मेशिनरी औजार उपकरण खरिदका लागि रु दुई लाख, श्यया तथा फर्निचर व्यवस्थाका लागि रु पाँच लाख, क्वारेन्टिनको बास खर्चका लागि रु चार लाख, कार्यालय सामग्री र इन्धनका लागि रु एक–एक लाख, सवारी साधन भाडामा लिनका लागि रु एक लाख, आइसोलेशन भवन मर्मतसम्भारका लागि रु एक लाख, सञ्चार महसुल रु २५ हजार र पानी तथा विद्युत महसुल रु ५० हजार गरी जम्मा रु ४० लाख ७५ हजार पठाइएको छ ।

सप्तरी जिल्लास्थित भारदह अस्पतालमा प्री–फ्याब भवन निर्माणका लागि रु एक करोड ७५ लाख, फर्निचर फिक्सचरतर्फ रु २५ लाख, शौचालय निर्माणतर्फ रु २५ लाख, अस्पताल रङ्गरोगनका लागि रु १० लाख, ल्याब सेटअपका लागि रु ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिङतर्फ रु पाँच लाख गरी जम्मा रु दुई करोड ९० लाख उपलब्ध गराइएको छ ।

सिरहा जिल्लास्थित सिराहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि एवम् स्वास्थ्य सामग्री खरिदतर्फ रु १० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि रु १० लाख, सिसिटिभी एवम् मेशिनरी औजार खरिदका लागि रु पाँच लाख, बेडसेट, फर्निचर खरिदका लागि रु पाँच लाख, क्वारेन्टिन बाँसखर्चका लागि रु पाँच लाख, खाजा, खानेपानी व्यवस्थापन गर्न रु १० लाख, आइसोलेशन कक्ष निर्माणका लागि आवश्यक भौतिक पूर्वाधार विकासतर्फ रु १० लाख गरी जम्मा रु ६५ लाख उपलब्ध गराइएको छ ।

सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साइकृष्ण मेडिकल कलेज कोभिड–१९ लेभल–१ अस्पतालमा आइसोलेशन कक्ष निर्माण गर्न नेपाली सेनाको भीमदल गणलाई रु २५ लाख उपलब्ध गराइएको छ । रकम पठाइएको अस्पतालमा पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले यसअघि, उपचार कोषबाट गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताललाई रु १० लाख, सप्तरीको भारदह अस्पताललाई रु ३१ लाख, लहान अस्पताललाई रु १९ लाख ५० हजार, सिरहा अस्पताललाई रु १९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई रु ३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई रु १९ लाख ५० हजार र मलङ्गवा अस्पताललाई रु १९ लाख ५० हजार उपलब्ध गराएको थियो ।

त्यस्तै, गौर अस्पताललाई रु १९ लाख ५० हजार, कलैया अस्पताललाई रु ३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई रु ३१ लाख २५ हजार र नारायणी अस्पताललाई वीरगञ्जलाई खाद्यान्नका लागि रु २५ लाख तथा पिसिआर मेशिन सञ्चालनका लागि रु ५० लाख गरी रु तीन करोड नौ लाख ५० हजार उपलब्ध गराएको थियो । प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेटबाट समेत विभिन्न अस्पताललाई रकम उपलब्ध गराएको छ ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६०० नाघ्यो
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१३ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका चार जिल्लाका ६४ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । पछिल्लो समयमा रौतहटबाट २८, धनुषाबाट २१, सर्लाहीबाट १० र पर्साबाट पाँचजना थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । थपिएका नयाँ सङ्क्रमितहरुमध्ये अधिकांश भारतको गुजरात लगायतका ठाउँबाट आएपछि क्वारेन्टिन गरिएको थियो ।

थपिएका ६४ जनामध्ये धनुषाको जनकपुरस्थित गोपाल धर्मशालास्थित क्वारेन्टिनका १९, १९, २०, २१, २३, २४, २७, २७ र २७ वर्षीय गरी नौजना पुरुष, मुखियापट्टि मुसहरनियास्थित तुलसियाही क्वारेन्टिनका २४, २५, २६, २७, २८, ३०, ४५, ४६, ३५, ३५, ३५ वर्षका गरी ११ पुरुष र गणेशमान चारनाथ नगरपालिका–४ स्थित दुखनीदेवी नर्सिङहोमका एकजना २१ वर्षीय पुरुष छन् । त्यस्तै, सर्लाहीको हरिपुरस्थित क्वारेन्टिनका १५, २४, ३४, ५०, ४० र एकजना उमेर नखुलेका पुरुष गरी सात र ब्रह्मपुरीस्थित रामविलास मावि क्वारेन्टिनका २५, २८ र ४८ वर्षको पुरुष गरी तीनजना छन् ।

यसैगरी, रौतहटका दुर्गाभगवती गाउँपालिकास्थित गङ्गापिपरा मावि क्वारेन्टिनका १७, २२, २३, २९, ४५, ३५, ४०, २५ र २५ वर्षका गरी आठजना पुरुष छन् । इशनाथ नगरपालिका–७ स्थित क्वारेन्टिनका २०, २०, १७, १९, २१, २२, २४,२७, ३६, ४५ र ५० वर्षका गरी ११ पुरुष र सोही नगरपालिका–८ का जोगहा मदरसा क्वारेन्टिनका ४, ८, १२ वर्षका तीन बालकका साथै ३०, ३०, १८, २२, ४५ र ५२ वर्षका गरी नौजना छन् । सोही अनुरुप, पर्साको पर्टेवास्थित क्वारेन्टिनका एक २५ वर्षीया महिलाका साथै २२, २२, २५ र ३६ वर्षका पुरुष गरी पाँचजना सङ्क्रमित पुष्टि भएको हो ।

स्वाब र क्वारेन्टिनको अवस्था
यस प्रदेशमा भारतबाट फर्कनेहरुको चाप बढ्दै गएपछि क्वारेन्टिनको सङ्ख्यामा पनि निरन्तर रुपमा वृद्धि भइरहेको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १० वटा थपेर क्वारेन्टिनको सङ्ख्या ३८१ पु¥याएको सचिव डा घिमिरेले जानकारी गराए। ती क्वारेन्टिनहरुमा २७ हजार ९० श्ययाको व्यवस्था गरिएको छ । अहिले १८ हजार ८३० जनालाई क्वारेन्टिन गरिएको छ र होम क्वारेन्टिनमा पाँच हजार ५४५ र आइसोलेशनमा ७७४ जना बसेका छन् ।

Advertisement

यस प्रदेशमा आजसम्ममा १४ हजार २९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । नौ हजार ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ६१९ जनाको रिपोर्ट आउन बाँकी छ । त्यस्तै, ६ हजार ६३१ जनाको आरडिटी माध्यमबाट परीक्षण गर्दा ४१ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने ६ हजार ५९० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

भर्खरको समाचार

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top