विदेशबाट आएकालाई नि:शुल्क सीमकार्ड, दैनिक १ सय ७५ रुपैयाँ दिइने

१९ जेठ, काठमाडौँ ।
सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि आवश्यक काम अन्तिम चरणमा पुगेका जनाएको छ । ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश-२०७७’ अनुसार कार्यदेश बनाएर सरकारले ल्याउन तयारी थालेको हो ।

कर्यविधि अनुसार स्थलमार्ग हुँदै भारतबाट आएका तथा हवाईमार्गबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्ने भएको छ । हवाईमार्ग हुँदै विदेशबाट आएका मानिसको ‘कन्ट्याक ट्रेसिङ’सहज बनाउन सरकारले नै निस्शुल्क सीमकार्ड उपलब्ध गराउने निणर्य पनि बैठकले गरेको छ । निशुल्क सीमकार्ड व्यवस्था गर्न दूरसञ्चार कम्पनी नेपाल टेलिकमसँग समन्वय थालेको छ । यसबाट उनीहरुको निगरानी गर्न सजिलो हुने जनाईएको छ । यसरी उपलब्ध गराइएको सीमकार्ड कम्तिमा ६० दिनसम्म प्रयोग गर्नुपर्नेछ । कसैले पनि यो सीमकार्ड प्रयोग गरिएका मोबाइल ‘अफ’गर्न पाइने छैन ।

त्यस्तै दैनिक प्रतिव्यक्ति १ सय ७५ रुपैयाँका दरले भुक्तानी गर्ने भएको छ । तर, यो रकम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई नभएर क्वारेन्टाइन राखिएको पालिकालाई दिइनेछ । यसले क्वारेन्टाइन व्यवस्थित बनाउन मद्दत पुग्ने सरकारको ठहर छ ।

Advertisement

भारत र तेस्रो मुलुकबाट आउने मानिसलाई ‘होल्डिङ सेन्टर’मा राखेर स्वास्थ्य परीक्षण गर्ने र ७ प्रदेशका ७ लाइनमा विभाजन गरेर स्थायी ठेगानाअनुसार सरकारले उपलब्ध गराएको सवारीमा उनीहरु सम्बन्धित गाउँ तथा नगरपालिकाको क्वारेन्टाइन जानु पर्ने व्यवस्था मिलाइएको छ ।

जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले भारत र तेस्रो मुलुकबाट आउने मानिसलाई स्वदेश भित्रेयाउने सम्बन्धि ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७’जारी गरिसकेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top