×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026

संसदमा उठ्यो भारतीय चेलीले चलाएको दादागिरीको विषय

१९ जेष्ठ २०७७

१९ जेष्ठ, काठमाडौं ।
प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानविय घटना र सीमाविवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद अतहर कमाल मुसलमानले लिम्यिाधुरा, लिपुलेक र कालापानी समेतको नक्साजारी गरेपछि सरकारले भूमिमाथिको स्वामित्व ग्रहण गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

नक्सामात्रै जारी गरेर नहुने उल्लेख गर्दै उनले दार्चुला तिंकर सडकको ८७ किलोमिटर ट्रयाक खोल्ने काम अझै हुन नसकेको बताए । सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताइन् । अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने उल्लेख गर्दै उनले भनिन, ‘‘नेपाल भित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन् ।

भन्दाभन्दै भारतीय चेलीहरुको सदन भित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप¥यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’’ सांसद घनश्याम खतिवडाले कुटनीतिक वार्ताबाट समस्या सुल्झाउन भारत तयार नभएर पूर्वमा काँकडा र पश्चिममा टिष्टासम्मको भूमि दावि गर्नुपर्ने बताए ।

सांसद चन्दा चौधरीले रुकुम घटनाको विषयमा गृहमन्त्रालय किन चुप लागेको भन्दै प्रश्न गरिन । दलित भएकै कारण रुकुममा अमानविय घटना घटेको उल्लेख गर्दै उनले ‘‘दलितका लागि दलित नै, मधेशीका लागि मधेशी नै, महिलाका लागि महिला नै बोल्नुपर्ने अवस्था कहिले सम्म रहन्छ ?’’ सांसद अभिशेक प्रताप साहले चीनले मे २० मा सगरमाथाको उचाइ नाप्न नेपालको समन्वयमा टोली पठाएको हो कि होइन भन्दै प्रश्न गरे ।

‘‘जिनुहुवा कल्चर एण्ड ट्राभल्स जुनचीनको अफिसियल पेज हो । त्यसले के देखाउँछ भने माउन्ट एभरेष्ट अथवा सगरमाथामा अथवा उनीहरुको भाषामा माउन्ट चोमोलाङ्मा त्यहाँ सर्भे टिम पठाएको छ । त्यो सर्भे टिम नेपालसँगको समन्वयमा पठाएको हो की? यस्तै २७ मे मा अफिसियल चाइना जिनुहुवा न्यूजले देखाउँछ कि त्यहाँ चाइनिजहरु गएर फाइभजी टावर पनि लगाएको छ ।

यो नेपाल र चाइनाको संयुक्त निर्णय पछि मात्रै त्यहाँ सर्भे टिम पठाउनु पर्छ ।’’ सांसद अमरेशकुमार सिंहले विपद व्यवस्थापनको काम गृहमन्त्रालय ऐनले निर्धारण गर्ने भएपनि सरकारले सेना परिचालन गरेको प्रति असन्तुष्टि व्यक्त गरे । नेपाली सेनामार्फत जनतालाई दबाएर लोकतन्त्र कमजोर बनाउन खोजिएको उनले बताए ।

सांसद अमृता थापाले सरकारले विदेशबाट नेपाली नागरिक ल्याउन गरेको निर्णयको स्वागत गरिन । अहिले नेपालमा कोरोना महामारी नियन्त्रण र संक्रमण न्यूनिकरणका लागि प्रयाप्त तयारी नभएको उल्लेख गर्दै नेपाली जनतालाई भोक र रोग दुवैबाट बचाउने परिमार्जित योजना ल्याउन माग गरिन् ।

सांसद आशाकुमारी विकले जाजरकोटको घटना जातिय विभेदकै कारणले भएको उल्ल्ेख गर्दै संसदिय छानविन समिति गठन गरी, घाइतेलाई उपचार गर्न र पिडितलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन । सांसद उमाकान्त चौधरीले तराई क्षेत्रमा निर्माण भएका क्वारेन्टाइनहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित रहेको उल्लेख गर्दै संक्रमणको दर बढेको बताए ।

क्वारेन्टाइन व्यवस्थापन तथा राहत उद्धार र परीक्षणमा सरकारलाई ध्यानदिन आग्रह गरे । उमा रेग्मीले सुत्केरी महिला र डायलासिसि तथा केमो थेरापी गर्न गएका विरामीलाई अस्पतालहरुले पीसीआर रिपोर्ट ल्याउन फर्काइएकोले त्यस्ता अस्पतालहरुलाई कारवाही गर्न माग गरिन ।

सांसद गगन थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र दलितको हकका कुराहरु लेखिएपनि रुकुम घटनाले लज्जित बनाएको बताए । उनले विभिन्न कारण देखाएर घटना ढोकछोप गर्न खोजिए सैह्य नहुने बताए ।

‘‘यस्ता अमानविय र क्रुर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरु देखाएर यो घटनाको जरामा रहेको उच्च जातिय अहंकारको ढाकछोप गर्न गरिरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलटुल हेरेर बस्ने हो भने लाजपनि हामीसँग लजाउँछ ।

अनुहारको दाग ऐना पुछेर जाँदैन तसर्थ  रुकुम घटना लगायत यो लक डाउनको अवधिमा जातिय विभेदके कारण ३२ भन्दा बढी दलितहरुको हत्याआत्म हत्या बलात्कारको घटनाको छानबिन गर्न अबिलम्ब सर्वदलिय संसदीय छानबिन समिति बनाउन जोडदार माग गर्दछु । सदनले यो नबनाएसम्म हामी यो मागि रहने छौँ ।

Advertisement

न्यायको पक्षमा बोलिरहने छौँ । लडिरहने छौँ ।’’ सांसद गौरी शंकर चौधरीले लक डाउनको कारण आत्महत्याको घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराए । अझै विदेशबाट आउनेहरुको व्यवस्थापन गर्न सक्ने अवस्था नभएर आपराधिक घटनाहरु बढ्न सक्ने उनले बताए ।

भर्खरको समाचार

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top