प्रदर्शन उग्र भएपछि ट्रम्पलाई बङ्करभित्र लगियाे

१९ जेठ ७७, मंगलबार

१९ जेठ, काठमाडौँ ।
सयौँको सङ्ख्यामा रहेका प्रदर्शनकारी ह्वाइट हाउसअगाडि प्रदर्शनमा उत्रिँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बङ्करमा लगिएको खुलेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले ह्वाइट हाउसका अधिकारी तथा कानून कार्यान्वयन गराउने स्रोतलाई उद्धृत गर्दै शुक्रबार राति राष्ट्रपति ट्रम्पलाई बाहिरी प्रदर्शनबाट जोगाउन बङ्करमा लगिएको उल्लेख गरेको छ ।

अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसभित्रको बङ्करमा करिब एक घण्टा राखेपछि मात्रै माथि उक्लिन लगाइयो । ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प र छोरा बरोनलाई बङ्करमा लगिएको हो । गोप्य सेवा अधिकारीसँग प्रदर्शनकारीको आम्नेसामुन्ने भएपछि राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्न कदम चालिएको ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

आइतबार राति ह्वाइट हाउसले आफ्ना कर्मचारीलाई सोमबार कार्यालय आउँदा र ह्वाइट हाउस छोड्दा गोप्य सेवा प्रवेश केन्द्र अघिसम्म प्रवेश अनुमति पत्रलाई लुकाएर राख्न निर्देशन दिएको थियो । लगत्तै राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसअगाडि भइरहेको प्रदर्शन छल्न र नियन्त्रण गर्न गोप्य सेवाले चालेको कदमको प्रशंसा गरेका छन् ।

Advertisement

ह्वाइट हाउसअगाडि विरोध प्रदर्शन भइरहँदा ट्रम्पलाई बङ्करभित्र लगिएको थियो । प्रदर्शनकारीले पहिलो सुरक्षा घेरा तोडेमा ह्वाइट हाउसभित्र हतियारबाट सज्जित बल र कुकुर सतर्कतापूर्वक खडा गरिएको गोप्य सेवाले ट्रम्पलाई आश्वस्त तुल्याएको थियो ।शुक्रबार राति दश बजेबाट ह्वाइट हाउसअगाडि सुरु भएको प्रदर्शन शनिबार बिहान करिब चार बजेसम्म चलेको थियो ।

Advertisement

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको गत सोमबार मिनियापोलिसमा प्रहरी नियन्त्रणमा हत्या गरिएको थियो । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रदर्शन उग्र र देशव्यापी बनेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top