प्रधानमन्त्री ओली र इजरायलका समकक्षी नेतन्याहुबीच टेलिफोन वार्ता

१९ जेठ ७७, मंगलबार

२० जेठ, काठमाडौँ ।

नेपाल र इजरायलबीच कूटनीटिक सम्बन्ध कायम भएको ६० औँ वर्षगाँठका अवसरमा साेमबार प्रधानमन्त्री केपी शर्मा ओली र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिफोनमार्फत एक आपसमा खुशी एवं शुभेच्छा साटासाट गरेका छन् ।

दुबै प्रधानमन्त्रीले विगत ६० वर्षको अवधिमा दुई मुलुकबीच विकसित द्विपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गरे र यो सम्बन्धलाई आगामी दिन थप मजबुत बनाउन सहमति जनाए । द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा दुबै मुलुकको बढ्दो सहभागिता, जनस्तरमा कायम सम्बन्ध र आपसी सहयोगका विषयमा दुबै नेताले उच्च मूल्याँकन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपयुक्त समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान गरी द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न पनि दुबै नेता सहमत भए ।

Advertisement

इजरायलले थुप्रै क्षेत्रमा अग्रता हासिल गरेको उच्चकोटिको प्रविधिबारे दुबै नेताले छलफल गरे । प्रधानमन्त्री ओलीले नेपालले प्राथमिकतामा राखेका कृषि र स्वास्थ्य जस्ता क्षेत्रमा इजरायलले हासिल गरेका ती विशेषज्ञता हस्तान्तरण हुनुपर्ने आवश्यकतामा पनि जोड दिए । उनले दुई मुलुकबीचको सम्बन्धको सेतुको रुपमा इजरायलमा रहेका नेपाली नागरिकको हेरचाहमा इजरायली सरकारले देखाएको तदारुकताको प्रशंसा पनि गरे ।

उनीहरुबीच कोभिड १९ को महामारी र यसले सर्वसाधारण जनताको आर्थिक–सामाजिक जीवनमा पारेका असरहरुबारे पनि वार्ता भएको थियो । कोरोना विषाणुलाई नियन्त्रणमा लिन र जनसाधारणको जीवन रक्षा गर्न नेपालले अपनाएका उपायहरुबारे प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीलाई जानकारी दिएका थिए भने कोरोना विषाणुको फैलावट रोक्न इजरायलले उठाएका कदमहरुको प्रशंसा पनि गरेका थिए ।

Advertisement

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आजै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र इजरायली विदेश मन्त्री गाबी आस्केनाजीले एक आपसमा शुभकामना आदानप्रदान गरेकाे जनाइएकाे छ। एक अर्कालाई पठाएको सन्देशमा दुबै मन्त्रीले नेपाल र इजरायलबीच विगत ६० वर्षदेखि रहिआएको सुखद् सम्बन्धप्रति खुशी व्यक्त गर्दै वाणिज्य, मानव संसाधन, कृषि जस्ता सहयोगका सम्भावित क्षेत्रहरुमा आगामी दिन सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top