रुकुम घटना : बेपत्ता भएको १० दिनपछि गोबिन्द शाहीको शव फेला

२१ जेठ, जाजरकोट ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका-११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव १० दिनपछि फेला परेको छ । उनको शव मंगलबार भेरी नगरपालिका-१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ताको शव घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । स्थानीय छवि पन्तले मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको बताए ।

जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ । स्थानीयले उनीहरुको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् ।

Advertisement

डिएसपी श्रेष्ठका अनुसार शाहीको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्ने उनको भनाइ छ ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । १९ वर्षीय शाही भेरी नगरपालिका-११, मटेलाका इन्द्रबहादुर र भीमा कुमारीका कान्छा छोरा हुन् । उनी शीतल मावि, चौरजहारीबाट यस वर्षको एसईई परीक्षामा सहभागी हुँदै थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top