सुदूरपश्चिमका नाकाबाट मंगलबार मात्रै ३ हजार ८१३ भित्रिए

लम्की : कामका लागि भारतका विभिन्न शहर गएका नेपाली लामो लकडाउनले खाना र बासको समस्या भएपछि नेपाल फर्किएका छन् भने केही भारतीय नागरिकसमेत आफ्नो देश फिर्ता गएका छन् ।

कोरोना सङ्क्रमणको जोखिम मोल्दै सुदूरपश्चिम प्रदेशका दुई मुख्य नाका भएर मङ्गलबार तीन हजार ८१३ नेपाली नेपाल भित्रिएका छन् भने सोही नाका भएर ६५३ भारतीय बाहिरिएका छन् ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दीपायलका प्रहरी निरीक्षक जगदीश सिंह डाँगीले मङ्गलबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक हजार २०७ नेपाली भित्रिनुका साथै १८५ भारतीय नागरिक आफ्नो देश फिर्ता गएको बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top