ताप्लेजुङका दुई सहायक वन अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ

ताप्लेजुङका दुई सहायक वन अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ

२१ जेष्ठ, इटहरी । ताप्लेजुङका दुई सहायक वन अधिकृत दुई लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई रङ्गेहात पक्राउ गरेको हो ।

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेपछि सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक-एक लाख रूपैयाँ घुस लिँदै गर्दा कार्यलयबाटै रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए।

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.