मालपोत अधिकृतको भ्रष्टाचार कर्तुत : साली र जेठानका नाममा समेत अवैध सम्पत्ति

२१ जेठ २०७७, बुधबार
Share this
703shares

काठमाडाैँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड २७ लाख रुपैयाँ भन्दा बढी गैह्रकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकाल विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।,याे खबर नागरिक दैनिकमा छ ।

Advertisement

खरिदारबाट निजामति सेवा प्रवेश गरेका ढकालले हालसम्म आर्जन गरेको १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध मुद्धा दायर गरिएको हो। अख्तियारले उनीसँगै श्रीमती सिर्जना अर्याल ढकाल, सम्पत्ति लुकाउन सहयोग गर्ने जेठान नाताका नवराज अर्याल समेतलाई प्रतिवादी कायम गरि मुद्धा दायर गरेको छ।

निजामति सेवा प्रवेशपछिको अधिकांश कार्यकाल मालपोत कार्यालयहरुमा विताएका ढकालले भ्रष्टाचार गरेर आफ्ना टाढाका तानेदारका नाउँमा समेत अकुत सम्पत्ति लुकाएको भेटिएको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनले आफु र आफ्ना परिवारका सदस्यहरुको नाममा विभिन्न बैंकमा सन्चालित खाताहरुमा खासै कारोवार गरेको नदेखाई नातेदारको नाउँमा बैंक खाता सन्चालन गरेको, गाडी खरिद गरेको पाइएको हो।

Advertisement

‘सार्वजनिक सेवामा प्रवेश गरेपछि आफु र परिवारका सदस्यका नाउँमा सन्चालित बैंक खाताहरुमा खासै कारोबार नदेखाएपनि साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको पाइयो,’ अख्तियारका प्रवक्ता कोइरालाले भने ‘अवैध कारोवारलाई लुकाउने उदेश्यले उनले हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालयका नाममा जनता बैंकमा नयाँ खाता खोली रकम जम्मा गरेको भेटिएको छ।’ अख्तियारका अनुसार ढकालले जेठानको नाममा खाता खोलेकै दिन खाता सन्चालकबाट सन्चालनको अनुमति लिई आफु अनुकुलका व्यक्तिहरुबाट समेत पैसा सम्मा गराएका थिए। उनले खातामा मौज्दात रकमबाट आफुले खरिद गरेका जग्गाको कारोबारसँग सम्वन्धित व्यक्तिहरुलाई भुक्तानी तथा खर्च लगानी गर्न उक्त खाताबाट ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ विभिन्न शीर्षकहरुमा खर्च समेत गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top