स्वास्थ्यकर्मी संक्रमित भएपछि केएमसी केही दिनलाई बन्द

२१ जेठ ७७, बुधबार

२१ जेष्ठ, काठमाडौं ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको छ ।

Advertisement

पीपीई लगाएरै संक्रमित जाँचेका एक चिकित्सक र दुई नर्समा संक्रमण सरेपछि संक्रमण फैलिन नदिन नयाँ बिरामी नहेर्ने निर्णय लिएको हो । अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन । केएमसीकी प्राध्यापक तथा प्रवक्ता डा. चन्दा कार्कीका अनुसार ट्रेसिङमा फेला परेकन अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको हिजै स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ ।

आज अझै केही स्वास्थ्यकर्मीको स्वाब पठाइने उनले बताइन् । राम्रै पीपीई लगाएर बिरामी हेरेका स्वास्थ्यकर्मीलाई संक्रमण सऱ्यो,’ उनले भनिन्, यस्तो भएपछि अस्पतालका अन्य बिरामी र नजिकको समुदायमा समेत संक्रमण फैलिने सम्भावना र त्रास भयो । अनि हामी आफैले अस्पतालको सेवा बन्द गरेको हौं, सरकारले सिल गरेको होइन ।’

Advertisement

उनका अनुसार शल्यक्रियाका लागि तयार राखिएका बिरामी लेभल–३ का अस्पतालमा रिफर गरिनेछ भने अन्य बिरामीको स्वाब परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइनेछ । उपचार छाडेर घर जान चाहने बिरामीको विस्तृत ठेगाना टिपेर मात्रै पठाइनेछ ।

रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यकर्मीलाई मात्रै काममा फर्काइने उनले बताइन । अस्पतालका सबै वार्ड निर्मलीकरण हुन थालिसक्यो,’उनले भनिन्, बेलामा नयाँ बिरामी छिर्न दिदाँ संक्रमण सर्ने जोखिम भयो ।’ केएमसीमा बुधबार संक्रमण पुष्टि भएका एक चिकित्सक र दुई नर्स दोलखादेखि आएका संक्रमितको उपचारमा संलग्न थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top