कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैनः देउवा

२० जेठ ७७, बुधबार

२१ जेष्ठ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधि थप गर्न सरकारलाई सुझाव दिएको छ ।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर सरकारलाई करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधि थप गर्न सरकारलाई सुझाव दिएको हो । “जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन । ताकेता फिर्ता लेऊ, समयावधि थप गर सरकार,” सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले सरकारलाई वर्तमान समयप्रति गम्भीर बन्न माग गर्दै लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्यांकन गरेर काम गर्न पनि अपिल गरेका छन् । “जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवादमार्फत समयावधि थप गर्न सरकारसमक्ष माग गर्दछु,” देउवाले भनेका छन् ।

Advertisement

कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने र गर्न सकिने निर्णयका लागि सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ । व्यापक पीसीआर परिक्षण गरेर साना–ठूला ब्यवसाय क्रमशः सञ्चालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसँग नदेखिएको, व्यावसायिक क्षेत्रका चुनौतीलाई सहज बनाउन

सरोकारवालाहरूसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्नतर्फ सरकारको ध्यान नगएको विज्ञप्तिमा उल्लेख छ । लकडाउन जारी रहेकै बेला कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार नभएर दायित्व र संवेदनाविहीन रहेको पुष्टि भएको कांग्रेसको दाबी छ ।

Advertisement

“नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो,” सभापति देउवाले भनेका छन्, “सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top