×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

कृषि सुधार शुल्कले समस्यामा पारेको मैदा उद्योग संघको गुनासो

२१ जेष्ठ २०७७

२१ जेष्ठ, काठमाडौं ।
नेपाल मैदा उद्योग संघले कृषि सुधार शुल्कमा गरिएको वृद्धिले उद्योग समस्यामा परेको गुनासो गरेको छ ।

मैदा उद्योग स्वदेशमा आत्मनिर्भर भएको कृषि उद्योग हो । तर, यसरी स्वदेशमा आत्मनिर्भर बनेको मैदा उद्योगको कच्चा पदार्थ गहुँ आयातमा कृषि सुधार शुल्क ५ प्रतिशतबाट बढाई ९ प्रतिशत कायम गरिनुले ठूलो समस्या पैदा गरिदिएको संघले जनाएको छ ।

Advertisement
Advertisement

बजेट भाषणमा समेत तयारी वस्तु र कच्चा वस्तुको आयातमा एक तह फरक हुन्छ भनिएकोमा यो निर्णय नेपाल सरकारको नीति विपरीत हुन पुगेको छ, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उद्योगको नाममा गहुँ आयात गर्दा १ प्रतिशत कृषि सुधार शुल्क भएमा मैदा उद्योगलाई राहत मिल्ने थियो भनी विगतदेखि नै सरकार समक्ष संघका तर्फबाट बारम्बार अनुरोध गर्दै आएको संघले जनाएको छ ।

संघका अध्यक्ष माधवलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मैदा (पिठो) मा १३ प्रतिशत मु.अ.कर, गहुँ आयातमा ९ प्रतिशत कृषि सुधार शुल्क, आँटा र सुजीमा मु.अ.कर यसरी कर माथि करको भार थपिँदै जाँदा मैदा उद्योग रुग्ण बनेको जनाएका छन् ।

स्वदेशी उत्पादनमा मैदा मात्र यस्तो खाद्य वस्तु हो जुन नेपालमा आत्मनिर्भर भई विदेशमा निर्यात गर्ने सम्भावना बोकेको छ, अतः सरकारले निर्यातमा सहज वातावरण बनाई दिनुपर्छ, संघले भनेको छ ।

Advertisement
Advertisement

संघले कच्चा र तयारी दुवैमा समान दर अत्यन्त असान्दर्भिक भएको संघले जनाएको छ । सरकारको यस्तो नीतिले भारतबाट आयात हुने तैयारी माल मैदासँग स्वदेशी उद्योगहरुले प्रतिस्पर्धा गर्न नै नसक्ने र उद्योगहरु बन्द गर्नु बाहेकको विकल्प नहुने संघले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top