×

NEPAL TIMES UPDATES

Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026

इन्जिनियरहरुले लाइसेन्स लिन अब थप परीक्षा पास गर्नुपर्ने

२१ जेष्ठ २०७७

२१ जेठ, काठमाडौँ ।
इन्जिनियरहरुले लाइसेन्स लिनका लागि नेपाल इन्जिनियरिङ परिषद्बाट हुने परीक्षा पास गर्नुपर्ने गरी कानून निर्माण हुनलागेको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ मा इन्जिनियरिङ व्यवसायीको रुपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पास गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले परीक्षा नलिई लाइसेन्स वितरण गरिने व्यवस्थाले इन्जिनियरहरुको गुणस्तर ह्रास भएकोले विधेयकमा नै वर्षको दुई पटक परीक्षा लिई लाइसेन्स दिने व्यवस्था गरिएको बताए । संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा अध्यक्ष निरौलाले विद्यमान इन्जिनियरिङ परिषद् ऐनमा इन्जिनियरको योग्यता अनुसार नाम दर्ता गर्ने, इन्जिनियरिङ पेशामा कार्यसम्पादन बढाउने, परीक्षा प्रणालीमा पास हुनेलाई मात्र लाइसेन्स दिने, विश्वविद्यालयको पाठ्यक्रममा एकरुपता गर्ने र परिषदको रजिस्ट्रारको नियुक्ती खुल्ला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था गरिएको बताए । यस्तै संविधान अनुसार समावेशी सिद्धान्त र प्रादेशिक संरचना अनुसार परिषद्लाई बदल्न विधेयक संशोधन गर्नुपर्ने आवश्यकता भएको उनले बताए ।

Advertisement

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले इन्जिनियरको गुणस्तर बढाउन परीक्षा लिएर लाइसेन्स दिने व्यवस्था राम्रो भएको बताए । उनले विधेयक मार्फत नै देश भित्रका सबै विश्वविद्यालयका पाठ्यक्रममा एकरुपता ल्याउने गरी कानून निर्माण गर्न समितिलाई सुझाव दिए ।

छलफलमा सांसदहरुले इन्जिनियरहरुको गुणस्तरमा ध्यान नदिँदा कतिपय संरचनाहरु कमजोर बनेको बताएका छन् । सांसदहरुले इन्जिनियरको लाइसेन्स वितरणमा कडाई गर्नुपर्ने बताएका छन् । सांसद गणेश पहाडीले फिल्डमा गएर सर्भे गरी डाटा ल्याउने जुनियर इन्जिनिरहरुको गुणस्तरमा समेत ध्यान दिएर विधेयक आउनुपर्ने बताए । उनले सरकारले नीति तथा कार्यक्रम मार्फत ७० प्रतिशत प्राथमिक स्तरको दक्षजनशक्ति उत्पादन गर्ने निति लिएको र इन्जिनियरको उत्पादन पनि सोही अनुसार हुनुपर्ने बताए । यस्तै पाठ्यक्रम निर्धारण गर्ने अधिकार विश्वविद्यालयको भएकोले त्यसलाई विधेयकमा समावेश गर्न नसकिने बताए ।

सांसद यज्ञराज सुनुवारले भने कतिपय विश्वविद्यालयले इन्जिनियरिङ शिक्षाको गुणस्तर विकासमा ध्यान नदिएको बताए । उनले विश्वविद्यालयहरुले आंगिक क्याम्पस सञ्चालन नगरी एफिलेसनबाट मात्रै सञ्चालन गरेकोले गुणस्तरीय इन्जिनियर उत्पादन हुननसकेको बताए । उनले नेपालका इन्जिनिरहरुलाई विश्वभर प्रतिस्पर्धी बनाउने गरी विधेयक आउनुपर्ने बताए ।

Advertisement

इन्जिनियरको नाम दर्ता अथवा लाइसेन्स दिँदा वर्गिकरण गर्ने, लाइसेन्सका लागि परीक्षा लिने, परिषद्को रजिस्टारको नियुक्ती खुल्ला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था समावेस गरी संशोधन विधेयक ल्याइएको हो । समितिले विधेयकको दफावार छलफल सुरु हुनु भन्दा पहिला सम्बन्धित सरकोकारवालाहरुसँग छलफल गरेको हो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top